काठमाडौं- नेपाल भ्रमण वर्ष २०२० सचिवालयको महत्वकांक्षी प्रोजेक्ट हो, स्केट नेपाल। ४ हजार ७ सय ९० मिटर उचाईमा रहेको गोक्यो तालमा शुक्रबार अमेरिका, क्यानडा, रसिया र भारतका खेलाडीहरुले आइस स्केटिङ र आइस हक्की प्रतिस्पर्धा गरे।
मैत्रीपूर्ण खेल हेर्न राजधानीबाट विभिन्न देशमा राजदूत, एयरलाइन्स, ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान)का पदाधिकारीलगातयत स्थानियबासीको बाक्लो उपस्थिति रहेको थियो।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य, कार्यक्रमका संयोजक विश्वम्बर घिमिरेलगायतको सहभागितामा आयोजित प्रतिस्पर्धामा विदेशी खेलाडीले समेत नयाँ अनुभव बटुलेका थिए।
त्यसैगरी काठमाडौं क्षेत्र नं. ८ का सभासद् जीवनराम श्रेष्ठ, मिस नेपाल श्रृंखला खतिवडा, भ्लगर सिशन बानिया, खेलस्थल रहेको सोलुको खुम्बुखासाङलामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
नेपाल भ्रमण वर्ष २०२०ले पर्यटकका लागि नयाँ उत्पादन उपलब्ध गराउने र नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्ने उद्देश्यले उच्च हिमाली भेगमा नयाँ खेल पर्यटनको विकास गर्ने लक्ष्यअनुसार सगरमाथा क्षेत्रको गोक्यो ताल (तेश्रो मा फ्रेबुअरी १४ का दिन) मैत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता आयोजना गरिएको हो।
कार्यक्रममा नेपालस्थित फ्रान्सेली राजदूत फंस्वा जाभिए लेजे, फिनल्याण्डका राजदूत पेर्ति आन्तिनेन्, वर्ल्ड बैंकका कन्ट्री डाइरेक्टर फेरिस हदाद जर्वोस, टर्कीस एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्हा टुनकरको समेत सहभागिता थियो।
त्यसैगरी नेपाल एयरलाइन्स, हेलि एभरेष्ट, समिट एयरलाइन्स, होटेल हाइकर्स इनका पदाधिकारीको पनि उपस्थिति थियो। नेपाल सरकारद्वारा सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणाअनुसार पर्यटकहरु आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।
त्यसमध्येकै यो अर्को एउटा कार्यक्रम हो। हिमाली क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटकहरुलाई भित्र्याउनका लागि यो खेल महत्वपूर्ण हुने नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले जानकारी दिए।
विश्वभरि खुला तालमा हुने यस्ता प्रतियोगिताहरु प्रसिद्ध भइरहेका बेला सरकारले नेपालको हिमाली क्षेत्रमा रहेको ठूलो संभावनालाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने लक्ष्यअनुसार यो खेल आयोजना गरेको हो।
यो प्रतियोगिता संसारकै अग्लो स्थानमा आयोजना हुने पहिलो आइस हक्की र आइस स्केटिङ प्रतियोगिता पनि हो। रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ।
सो ठाउँ स्वदेशी तथा विदेशी पर्यटकको मूख्य रोजाइको क्षेत्र पनि हो। सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ।
यो खेल हुनुपूर्व अमेरिकी विशेषज्ञहरुले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका लागि उपयुक्त भएको निष्कर्ष निकालेका थिए।
गोक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन्। सन् २००७ देखि गोक्यो ताल रहेको ७ हजार ७ सय ७० हेक्टर (लगभग ३० वर्गमिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको थियो।
नेपालीले समेत नियमित अभ्यास गर्न सकुन् भन्ने उद्देश्यका साथ अमेरिकास्थित ग्राफ स्केट्चले ३१ वटा स्केट्स सुजसमेत सहयोग गरेको छ। त्यस्तै अमेरिकाकै स्क्रिन प्रिन्टिङ एन्ड कस्टम् अप्पेरियलले हक्कीको लागि जर्सी र पक सहयोग उपलब्ध गराएको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्वीर : भिजिट नेपाल सचिवालय
यो पनि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।