• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १५, २०८२ Tue, Dec 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गोक्यो लेक जहाँ देखिने छन् विश्वका १२ हक्की र स्केटिङका सुपर हिरो

64x64
नेपाल लाइभ शनिबार, माघ २५, २०७६  १२:२०
1140x725

काठमाडौं- सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाइरहेको छ। भ्रमण वर्ष अभियानको औपचारिक उद्घाटन भएको एक महिना पूरा नुहँदै सरकारले कोराना भाइरसदेखि विभिन्न ६ वटा धक्का सहनु परेकाे छ। तर, भिजिट नेपालको प्रचारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मन्त्री योगेश भट्टराई, भिजिट नेपाल सचिवालय, नेपाल पर्यटन बोर्डलगायत पर्यटन क्षेत्रमा सरोकार राख्ने संस्थाहरु प्रचारप्रसारमा खटिरहेका छन्।

निजी क्षेत्रका पर्यटन व्यवसायीले पनि सरकारलाई पूर्ण समर्थन र सहयोग गरिरहेका छन्। चिनियाँ पर्यटकको सिजनामा चीनबाट सुरु भएको कोराना भाइरसले पर्यटनमा पार्न सक्ने प्रभावका विषयमा सबै निकायको सहकार्यमा पर्यटन प्रवर्द्धनकाे कार्यक्रम भइरहेको छ।

भिजिट नेपालको सुरुवातसँगै नेपालले एउटा कार्यक्रमलाई गिनिज बुक वर्ल्ड रेकर्डमा दर्तासमेत गराइसकेको छ। नेपाल पर्यटन बोर्डको सहकार्यमा कासा स्टाइल आरबी डायमन्ड्सले विश्वको अग्लो शिखर सगरमाथा बेस क्याम्पमा ‘फेशन रन–वे शो’ कार्यक्रम गरेको थियो। उक्त कार्यक्रम जनवरी २६ मा भएको थियो। कार्यक्रम गिजिज वर्ल्ड रकेर्डमा दर्ता भइसकेको छ। कार्यक्रममा नेपाल, फिनल्याण्ड, इटाली श्रीलंका र सिंगापुरलगायत विश्वका विभिन्न मुलुकका मोडेलहरू सहभागी थिए। जुन अप्रिल र मे २०२० मा एमटीभी अमेरिका र क्यानडामा प्रसारण हुनेछ।

यस्तै अर्को गिनिज वर्ल्ड रकेर्ड राख्ने गरी नेपाल भ्रमण वर्ष सचिवालयले विश्वकै सबैभन्दा अग्लो स्थानमा आइस हक्की र स्केटिङ प्रतियोगिता गर्ने भएको छ। भिजिट नेपाल २०२० को सचिवालले नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एशाेसिएसन अफ नेपालको सहयोगमा विश्वकै अग्लो स्थानमा रहेको गोक्यो लेकमा आइस हक्की र स्केटिङ प्रतियोगिता गर्न लागेको हो। सचिवालयले साहसिक पर्यटकलाई लक्षित गर्दै आगामी  फेब्रुअरी १४ मा नेपालमै पहिलो पटक आइस हक्की–स्केटिङ खेलाउने तयारी गरेको हो।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाअन्तर्गत पर्ने ४ हजार ७ सय ९० मिटर अग्लो गोक्यो लेकमा उक्त खेल हुनेछ। साहसिक पर्यटकका लागि आइस हक्की खेलाएर वर्ल्ड रेकर्ड राख्ने तयारी  सचिवालयको छ। उक्त प्रतियोगितमा अमेरिका‚ क्यानडा, रुस र भारतलगायत देशका १२ सुपर हिराे (हक्की तथा स्केटिङ) खेलाडीहरूको उपस्थिति निश्चित भइसकेको सचिवालले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

खेलमा विश्व च्याम्पियनहरूको समेत सहभागित हुने छ। खेलमा १० देशका २० जना खेलाडीले आइस हक्की खेल्नेछन्।

भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यका अनुसार हक्की खेलको सम्भाव्यता अध्ययनका लागि गत डिसेम्बरमा तीन सातासम्म अमेरिकी विशेषज्ञहरूले स्थलगत अध्ययन गरेका थिए। उनीहरूको अध्ययनपछि खेलका लागि स्थान उपयुक्त भएको निष्कर्ष निकालिएको उनको भनाइ छ।

उक्त खेलमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)ले समेत सहयोग गरेको छ। त्यस्तै अमेरिकास्थित ग्राफ स्केट्चले नेपालीले नियमित रूपमा खेलको अभ्यासका लागि  भनेर ३१ वटा स्केट्स सुज सहयोग गरेको छ। त्यस्तै अमेरिकाकै स्त्रिन प्रिन्टिङ एण्ड कस्टम अप्पेरियलले हक्किको लागि जर्सी र पक सहयोग उपलब्ध गराएको छ।

Ncell 2
Ncell 2

यी हुन आइस हक्की र स्केटिङमा सहभागी हुने १२ सुपर हिरो
१. जेरेमी एबट

उनी पूर्व अमेरिकी फिगर स्केटर हुन्। २००८ ग्र्याण्ड प्रिक्स फाइनल विजेता‚ दुईपटक फोर कन्टिनेन्ट्स कास्य पदक विजेता‚ र चार पटक यूएस नेशनल विजेता हुन्।

सन् २०१० को विन्टर ओलम्पिक्समा उनले अमेरिकाको प्रतिनिधित्व गरेका थिए। जहाँ उनी नवौं स्थानमा परेका थिए। यसैगरी सन् २०१४ को विन्टर ओलम्पिक्समा टिम इभेन्टमा कास्य पदक जितेका थिए। 

सात पटकसम्म ग्र्याण्ड प्रिक्स सिरिजमा पदक विजेता (तीन स्वर्ण‚ दुई रजत र २ कास्य विजेता) हुन्।

सन् २०१३ मा अमेरिकाका तर्फबाट कास्य पदक विजेता‚ २०१२ मा वर्ल्ड टिम ट्रफी रजत पदक विजेता‚ २०११ मा फोर कन्टिनेन्ट्स कास्य पदक विजेता‚ २०१० मा वर्ल्ड च्याम्पियनसिपमा पाँचौं स्थान हाँसिल‚ २००९ मा वर्ल्ड टिम ट्रफीमा स्वर्ण पदक विजेता‚ २००८ मा ग्र्याण्ड प्रिक्स फाइनल विजेता‚ २००७ मा फोर कन्टिनेन्ट्स कास्य पदक विजेता‚ २००५ मा यूएस जुनियर च्याम्पियन हुन्।

२. मटेज सिलेकी


अमेरिकी आइस स्केटर हुन उनी। जो आइटिभीमा आउने स्केटिङ शो ‘डान्सिङ अन आइस’ मा पनि देखिएका थिए। उनले विभिन्न उत्कृष्ट खेलाडीहरूसँग पनि विभिन्न विधामा एकल तथा सामूहिक रुपमा खेल खेलिसकेका छन् भने सन् २०१२ मा यूएस कोलिजिएट फिगर स्केटिङअन्तर्गत पुरुष जुनियरतर्फ विजेता हुन्।

३. प्याट्रिक चान

चान पूर्व क्यानडेली कम्पेटिटीभ फिगर स्केटर हुन्। उनी २०१८ ओलम्पिक्स टिम इभेन्टमा स्वर्ण जितेका थिए। साथै उनी २०१४ ओलम्पिक्स पुरुषतर्फ र टिम इभेन्टमा रजत पदक विजेता हुन्। त्यती मात्रै नभइ चान तीनपटक विश्व विजेता (२०११‚ २०१२‚ २०१३) हुन्।

यसैगरी चान दुईपटक ग्र्याण्ड प्रिक्स फाइनल विजेता (२०१०‚ २०११)‚ र तीनपटक फोर कन्टिनेन्ट्स विजेता (२००९‚ २०१२‚ २०१६) पनि हुन्। चानले यसबाहेक जनवरी २०१८ मा मोन्ट्गोमेरी विलसनको सन् १९३९ देखिको रेकर्ड तोड्दै नेशनल टाइटल विजेता बनेका थिए।

यसैगरी, सन् २०११ अप्रिल २७ मा सर्ट प्रोग्रामअन्तर्गत ९३.०२ अङ्क ल्याएर चानले विश्व कीर्तिमानी राखेका थिए। २०११ अप्रिल २८ मा फेरि फ्री स्केटिङमा जम्मा २८०.९८ अङ्क ल्याएर विश्व कीर्तिमानी कायम राखेका थिए। उनले लोउ मार्स अवार्डमा क्यानडेली सर्वोत्कृष्ट एथ्लेटको रुपमा अवार्डसमेत पाएका थिए।

४. एलिजावेथ पुटनाम

उनी पूर्व क्यानडेली डवल स्केटरमा सिन विर्ट्जसँगका प्रतिस्पर्धी हुन्। उनी २००६ फोर कन्टिनेन्ट्स कास्य पदक र दुईपटक क्यानडेली राष्ट्रिय कास्य पदक विजेता (२००३‚ २००४) समेत हुन्।

विर्ज घाइते भएपछि ग्र्याण्ड प्रिक्सबाट आफ्नो असाइन्मेन्ट फिर्ता लिनुपरेकाले सन् २००७ मा पुटनाम र विर्ज दुवै जनाद्वारा रिटायर्मेन्टको घोषणा भएको थियो। फेरि एलिजावेथ एकलतर्फको स्केटिङ प्रतियोगितामा फिर्ता भएकी थिइन्। त्यसपछि उनले जिल म्यारी हार्भे र जन्नी म्याक्लियोडसँग ट्रेनिङ लिएकी थिइन।

सन् २०१५ मा विड्जियन लेकमा स्केटिङ खेल्दै गरेको भिडियोमा उनी देखिएकी थिइन्।

५. लोरा कोट्लोस्की

उनी स्वतन्त्र तथा सक्रिय लेखिका हुन्। साथै लोरा चलचित्र निर्माता‚ पर्वतारोही‚ यूएस फिगर स्केटिङ स्वर्ण विजेता‚ प्रोफेसनल स्केटर एसोशियसनको कोच‚ र लर्न टू स्केट यूएसएमा प्रशिक्षक समेत भएकी थिइन्।

पछिल्ला केही वर्षहरूमा उनी प्रत्येक वर्ष उच्च हिमाली क्षेत्रमा गई स्केटिङ गर्दै आएकी छन्। उनी प्रत्येक वर्ष करीब ५० घण्टाभन्दा ज्यादा समय स्केटीङका लागि छुट्याउँछिन्।

सन् २०१७ नोभेम्बरमा उनी अमेरिकाको सबैभन्दा उच्च हिमताल (१३ हजार ४ सय २०) मा गएर स्केटिङ गर्ने पहिलो व्यक्तिको रुपमा चिनिइन्।

६. सर्गे भोरोनोभ


भोरोनोभ रसियन फिगर स्केटर हुन्। २०१७ आइएसयू प्रिक्स एनएचके ट्रफी विजेता हुन् भने २०१७ स्केट अमेरिकामा स्वर्ण विजेता हुन्। भोरोनोभ दुई पटकसम्मको युरोपेली पदक विजेता हुन्। उनले २०१४ मा रजत र २०१५ मा कास्य जितेका छन्।

उनले ग्र्याण्ड प्रिक्स फाइनल २०१४-१५ मा कास्य जितेका थिए। साथै उनले २०१० को रसियन फिगर स्केटिङ च्याम्पियनशिप्समा रजत पदक जितेका थिए।

भोरोनोभ दुई पटकसम्म वर्ल्ड जुनियर पदक विजेता‚ २००६ मा रजत र २००७ मा कास्य विजेता हुन्।

७. डिमिट्री डुडारेभ

पूर्व काजाख व्यवसायिक आइस हकी खेलाडी हुन्। उनले कोन्टिनेन्टल होकी लिगमा मेटालर्ग नोभोकुज्नेट्स्कका तर्फबाट खेलेका थिए।

२०१० को आइआइएचएफमा सहभागी भई काजकिस्तानको राष्ट्रिय आइस हकी टिमको सदस्यका रुपमा विश्व विजेता भएका थिए।

८. अलेक्जेन्डर चेकासेभ
चेकासेभ रसियन हकी लिग (आरएचएल) मा सहभागी भइसकेका छन्। यसैगरी उनले पर्भेया लिग र डिजेल कपमा समेत सहभागीता जनाइसकेका छन्।

यी ८ जना हक्की र स्केटिङका खेलाडी हुन् भने बाँकी ४ जना मिडिया र मार्केटिङसँग पनि जाेडिएका छन्।

९. निक कालिस्

पूर्व एथलेट, अवार्ड विनिङ चलचित्र निर्माता, फिल्ड डेको फाउन्डर
ओलम्पिक अल्पाइन स्किअर्सम्बन्धी एचबिओमा डकुमेन्ट्री– फाइनल सिजन
ल्होत्सेः ल्होत्सेको पहिलो स्की प्रतियोगिताबारे नर्थ फेसका लागि फिल्म
डिपर‚ फर्दर‚ हाइअरः तीन भागमा स्नोबोर्डको अभियानका बारेमा फिल्म
सगरमाथाः सोनी र नेशनल जियोग्राफिक च्यानलमा दी नर्थ साइड अभियान सञ्चालन
माउन्ट किलिमन्जरोः अभियान्ता

१०. डेबिड होज्

सिनियर फरेन सर्भिसको व्यवसायिक सदस्य‚ मिनिस्टर काउन्सलर
सन् २०१७ जुलाईमा मिसन इन गुटमालाका डेपुटी चिफको रुपमा सेवा प्रदान गरेका उनले सेवा प्रदान गरेका अन्य संघसंस्थामा भूमिका- स्टेस डिपार्टमेन्टमा पब्लिक अफेयर्स र पब्लिक डिप्लोम्यासी ब्यूरो अफ वेस्टर्न हेमिस्फियर अफेयर्समा डाइरेक्टर‚ ब्याङ्कक‚ थाइल्याण्ड‚ लापाज‚ बोलिभिया र ब्राजिलस्थित कल्चरल अफेयर्स अफिसर र लिमा‚ पेरूमा पब्लिक अफेयर्सका काउन्सलर।

११. अब्बे स्मिथ

व्यवसायिक एथलेट्स
स्टोरी टेलर‚ निर्माता‚ डिजिटल स्ट्राटेजिस्ट र सामाजिक मिडिया विज्ञ
अन्नन् आर्टिस्ट एलएलसीका निर्माता तथा को-फाउण्डर
भारतका हिमालयन क्षेत्रका बारेमा आरोहणसम्बन्धी तीनवटा अभियान सञ्चालन
लेखक र निर्माता
पिआर डाइरेक्टरको रुपमा सेवा दिएका र एड्भेन्चर फिल्म फेस्टिबलका निर्माता
याहूमा कन्टेन्ट प्रोड्युसर र भिडियो प्रोग्रामरको रुपमा सेवा प्रदान गरेकी छन्।

१२. पिटर

लेखक‚ मार्मट एथेलेट‚ चट्टान विशेषज्ञ‚ आइस र अल्पाइन् क्लाइम्बर
रक एण्ड आइस पत्रिकाका वरिष्ठ सम्पादक र स्पोर्ट अफिल्ड एण्ड ब्याकप्यकरका कन्ट्रिब्युटर
भारत‚ नेपाल र काराकोरमका हिमालयसम्बन्धित अभियान सञ्चालन विज्ञ
इएसपिएन विन्टर एक्स-गेमका प्रतिस्पर्धी‚ पर्वतारोही
तीन पुस्तकका लेखक– नेशनल जिओग्राफिक- क्लाइम्ब! एण्ड यान आइ एट् द टप अफ द वर्ल्ड
कोप ड्यास इन्सपायर अवार्ड‚ २००९ द्वारा सम्मानित
लिम्यान स्प्रिट्ज अवार्ड‚ २००७ द्वारा सम्मानित

हेर्नुस् भिडियाे

खेलाडीकाे प्राेफाइल भिजिट नेपालकाे सचिवालयले उपलब्ध गरएकाे सामग्रीबाट अनुवाद गरिएकाे हाे।

प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  १२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ?
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’
डा. शेखर कोइरालाले भने : ‘बरु हार्न तयार छौँ, निर्वाचनबाट भाग्दैनौँ’
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
डा. शेखर कोइरालाले भने : ‘बरु हार्न तयार छौँ, निर्वाचनबाट भाग्दैनौँ’ मंगलबार, पुस १५, २०८२
यी हुन् निर्वाचन आयोगमा बन्दसूची बुझाउन राजनीतिक दल मंगलबार, पुस १५, २०८२
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शेर्पा विजयी, कसको मत कति ? मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्