• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गोक्यो लेक जहाँ देखिने छन् विश्वका १२ हक्की र स्केटिङका सुपर हिरो

64x64
नेपाल लाइभ शनिबार, माघ २५, २०७६  १२:२०
1140x725

काठमाडौं- सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाइरहेको छ। भ्रमण वर्ष अभियानको औपचारिक उद्घाटन भएको एक महिना पूरा नुहँदै सरकारले कोराना भाइरसदेखि विभिन्न ६ वटा धक्का सहनु परेकाे छ। तर, भिजिट नेपालको प्रचारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मन्त्री योगेश भट्टराई, भिजिट नेपाल सचिवालय, नेपाल पर्यटन बोर्डलगायत पर्यटन क्षेत्रमा सरोकार राख्ने संस्थाहरु प्रचारप्रसारमा खटिरहेका छन्।

निजी क्षेत्रका पर्यटन व्यवसायीले पनि सरकारलाई पूर्ण समर्थन र सहयोग गरिरहेका छन्। चिनियाँ पर्यटकको सिजनामा चीनबाट सुरु भएको कोराना भाइरसले पर्यटनमा पार्न सक्ने प्रभावका विषयमा सबै निकायको सहकार्यमा पर्यटन प्रवर्द्धनकाे कार्यक्रम भइरहेको छ।

भिजिट नेपालको सुरुवातसँगै नेपालले एउटा कार्यक्रमलाई गिनिज बुक वर्ल्ड रेकर्डमा दर्तासमेत गराइसकेको छ। नेपाल पर्यटन बोर्डको सहकार्यमा कासा स्टाइल आरबी डायमन्ड्सले विश्वको अग्लो शिखर सगरमाथा बेस क्याम्पमा ‘फेशन रन–वे शो’ कार्यक्रम गरेको थियो। उक्त कार्यक्रम जनवरी २६ मा भएको थियो। कार्यक्रम गिजिज वर्ल्ड रकेर्डमा दर्ता भइसकेको छ। कार्यक्रममा नेपाल, फिनल्याण्ड, इटाली श्रीलंका र सिंगापुरलगायत विश्वका विभिन्न मुलुकका मोडेलहरू सहभागी थिए। जुन अप्रिल र मे २०२० मा एमटीभी अमेरिका र क्यानडामा प्रसारण हुनेछ।

यस्तै अर्को गिनिज वर्ल्ड रकेर्ड राख्ने गरी नेपाल भ्रमण वर्ष सचिवालयले विश्वकै सबैभन्दा अग्लो स्थानमा आइस हक्की र स्केटिङ प्रतियोगिता गर्ने भएको छ। भिजिट नेपाल २०२० को सचिवालले नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एशाेसिएसन अफ नेपालको सहयोगमा विश्वकै अग्लो स्थानमा रहेको गोक्यो लेकमा आइस हक्की र स्केटिङ प्रतियोगिता गर्न लागेको हो। सचिवालयले साहसिक पर्यटकलाई लक्षित गर्दै आगामी  फेब्रुअरी १४ मा नेपालमै पहिलो पटक आइस हक्की–स्केटिङ खेलाउने तयारी गरेको हो।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाअन्तर्गत पर्ने ४ हजार ७ सय ९० मिटर अग्लो गोक्यो लेकमा उक्त खेल हुनेछ। साहसिक पर्यटकका लागि आइस हक्की खेलाएर वर्ल्ड रेकर्ड राख्ने तयारी  सचिवालयको छ। उक्त प्रतियोगितमा अमेरिका‚ क्यानडा, रुस र भारतलगायत देशका १२ सुपर हिराे (हक्की तथा स्केटिङ) खेलाडीहरूको उपस्थिति निश्चित भइसकेको सचिवालले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

खेलमा विश्व च्याम्पियनहरूको समेत सहभागित हुने छ। खेलमा १० देशका २० जना खेलाडीले आइस हक्की खेल्नेछन्।

भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यका अनुसार हक्की खेलको सम्भाव्यता अध्ययनका लागि गत डिसेम्बरमा तीन सातासम्म अमेरिकी विशेषज्ञहरूले स्थलगत अध्ययन गरेका थिए। उनीहरूको अध्ययनपछि खेलका लागि स्थान उपयुक्त भएको निष्कर्ष निकालिएको उनको भनाइ छ।

उक्त खेलमा ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)ले समेत सहयोग गरेको छ। त्यस्तै अमेरिकास्थित ग्राफ स्केट्चले नेपालीले नियमित रूपमा खेलको अभ्यासका लागि  भनेर ३१ वटा स्केट्स सुज सहयोग गरेको छ। त्यस्तै अमेरिकाकै स्त्रिन प्रिन्टिङ एण्ड कस्टम अप्पेरियलले हक्किको लागि जर्सी र पक सहयोग उपलब्ध गराएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यी हुन आइस हक्की र स्केटिङमा सहभागी हुने १२ सुपर हिरो
१. जेरेमी एबट

उनी पूर्व अमेरिकी फिगर स्केटर हुन्। २००८ ग्र्याण्ड प्रिक्स फाइनल विजेता‚ दुईपटक फोर कन्टिनेन्ट्स कास्य पदक विजेता‚ र चार पटक यूएस नेशनल विजेता हुन्।

सन् २०१० को विन्टर ओलम्पिक्समा उनले अमेरिकाको प्रतिनिधित्व गरेका थिए। जहाँ उनी नवौं स्थानमा परेका थिए। यसैगरी सन् २०१४ को विन्टर ओलम्पिक्समा टिम इभेन्टमा कास्य पदक जितेका थिए। 

सात पटकसम्म ग्र्याण्ड प्रिक्स सिरिजमा पदक विजेता (तीन स्वर्ण‚ दुई रजत र २ कास्य विजेता) हुन्।

सन् २०१३ मा अमेरिकाका तर्फबाट कास्य पदक विजेता‚ २०१२ मा वर्ल्ड टिम ट्रफी रजत पदक विजेता‚ २०११ मा फोर कन्टिनेन्ट्स कास्य पदक विजेता‚ २०१० मा वर्ल्ड च्याम्पियनसिपमा पाँचौं स्थान हाँसिल‚ २००९ मा वर्ल्ड टिम ट्रफीमा स्वर्ण पदक विजेता‚ २००८ मा ग्र्याण्ड प्रिक्स फाइनल विजेता‚ २००७ मा फोर कन्टिनेन्ट्स कास्य पदक विजेता‚ २००५ मा यूएस जुनियर च्याम्पियन हुन्।

२. मटेज सिलेकी


अमेरिकी आइस स्केटर हुन उनी। जो आइटिभीमा आउने स्केटिङ शो ‘डान्सिङ अन आइस’ मा पनि देखिएका थिए। उनले विभिन्न उत्कृष्ट खेलाडीहरूसँग पनि विभिन्न विधामा एकल तथा सामूहिक रुपमा खेल खेलिसकेका छन् भने सन् २०१२ मा यूएस कोलिजिएट फिगर स्केटिङअन्तर्गत पुरुष जुनियरतर्फ विजेता हुन्।

३. प्याट्रिक चान

चान पूर्व क्यानडेली कम्पेटिटीभ फिगर स्केटर हुन्। उनी २०१८ ओलम्पिक्स टिम इभेन्टमा स्वर्ण जितेका थिए। साथै उनी २०१४ ओलम्पिक्स पुरुषतर्फ र टिम इभेन्टमा रजत पदक विजेता हुन्। त्यती मात्रै नभइ चान तीनपटक विश्व विजेता (२०११‚ २०१२‚ २०१३) हुन्।

यसैगरी चान दुईपटक ग्र्याण्ड प्रिक्स फाइनल विजेता (२०१०‚ २०११)‚ र तीनपटक फोर कन्टिनेन्ट्स विजेता (२००९‚ २०१२‚ २०१६) पनि हुन्। चानले यसबाहेक जनवरी २०१८ मा मोन्ट्गोमेरी विलसनको सन् १९३९ देखिको रेकर्ड तोड्दै नेशनल टाइटल विजेता बनेका थिए।

यसैगरी, सन् २०११ अप्रिल २७ मा सर्ट प्रोग्रामअन्तर्गत ९३.०२ अङ्क ल्याएर चानले विश्व कीर्तिमानी राखेका थिए। २०११ अप्रिल २८ मा फेरि फ्री स्केटिङमा जम्मा २८०.९८ अङ्क ल्याएर विश्व कीर्तिमानी कायम राखेका थिए। उनले लोउ मार्स अवार्डमा क्यानडेली सर्वोत्कृष्ट एथ्लेटको रुपमा अवार्डसमेत पाएका थिए।

४. एलिजावेथ पुटनाम

उनी पूर्व क्यानडेली डवल स्केटरमा सिन विर्ट्जसँगका प्रतिस्पर्धी हुन्। उनी २००६ फोर कन्टिनेन्ट्स कास्य पदक र दुईपटक क्यानडेली राष्ट्रिय कास्य पदक विजेता (२००३‚ २००४) समेत हुन्।

विर्ज घाइते भएपछि ग्र्याण्ड प्रिक्सबाट आफ्नो असाइन्मेन्ट फिर्ता लिनुपरेकाले सन् २००७ मा पुटनाम र विर्ज दुवै जनाद्वारा रिटायर्मेन्टको घोषणा भएको थियो। फेरि एलिजावेथ एकलतर्फको स्केटिङ प्रतियोगितामा फिर्ता भएकी थिइन्। त्यसपछि उनले जिल म्यारी हार्भे र जन्नी म्याक्लियोडसँग ट्रेनिङ लिएकी थिइन।

सन् २०१५ मा विड्जियन लेकमा स्केटिङ खेल्दै गरेको भिडियोमा उनी देखिएकी थिइन्।

५. लोरा कोट्लोस्की

उनी स्वतन्त्र तथा सक्रिय लेखिका हुन्। साथै लोरा चलचित्र निर्माता‚ पर्वतारोही‚ यूएस फिगर स्केटिङ स्वर्ण विजेता‚ प्रोफेसनल स्केटर एसोशियसनको कोच‚ र लर्न टू स्केट यूएसएमा प्रशिक्षक समेत भएकी थिइन्।

पछिल्ला केही वर्षहरूमा उनी प्रत्येक वर्ष उच्च हिमाली क्षेत्रमा गई स्केटिङ गर्दै आएकी छन्। उनी प्रत्येक वर्ष करीब ५० घण्टाभन्दा ज्यादा समय स्केटीङका लागि छुट्याउँछिन्।

सन् २०१७ नोभेम्बरमा उनी अमेरिकाको सबैभन्दा उच्च हिमताल (१३ हजार ४ सय २०) मा गएर स्केटिङ गर्ने पहिलो व्यक्तिको रुपमा चिनिइन्।

६. सर्गे भोरोनोभ


भोरोनोभ रसियन फिगर स्केटर हुन्। २०१७ आइएसयू प्रिक्स एनएचके ट्रफी विजेता हुन् भने २०१७ स्केट अमेरिकामा स्वर्ण विजेता हुन्। भोरोनोभ दुई पटकसम्मको युरोपेली पदक विजेता हुन्। उनले २०१४ मा रजत र २०१५ मा कास्य जितेका छन्।

उनले ग्र्याण्ड प्रिक्स फाइनल २०१४-१५ मा कास्य जितेका थिए। साथै उनले २०१० को रसियन फिगर स्केटिङ च्याम्पियनशिप्समा रजत पदक जितेका थिए।

भोरोनोभ दुई पटकसम्म वर्ल्ड जुनियर पदक विजेता‚ २००६ मा रजत र २००७ मा कास्य विजेता हुन्।

७. डिमिट्री डुडारेभ

पूर्व काजाख व्यवसायिक आइस हकी खेलाडी हुन्। उनले कोन्टिनेन्टल होकी लिगमा मेटालर्ग नोभोकुज्नेट्स्कका तर्फबाट खेलेका थिए।

२०१० को आइआइएचएफमा सहभागी भई काजकिस्तानको राष्ट्रिय आइस हकी टिमको सदस्यका रुपमा विश्व विजेता भएका थिए।

८. अलेक्जेन्डर चेकासेभ
चेकासेभ रसियन हकी लिग (आरएचएल) मा सहभागी भइसकेका छन्। यसैगरी उनले पर्भेया लिग र डिजेल कपमा समेत सहभागीता जनाइसकेका छन्।

यी ८ जना हक्की र स्केटिङका खेलाडी हुन् भने बाँकी ४ जना मिडिया र मार्केटिङसँग पनि जाेडिएका छन्।

९. निक कालिस्

पूर्व एथलेट, अवार्ड विनिङ चलचित्र निर्माता, फिल्ड डेको फाउन्डर
ओलम्पिक अल्पाइन स्किअर्सम्बन्धी एचबिओमा डकुमेन्ट्री– फाइनल सिजन
ल्होत्सेः ल्होत्सेको पहिलो स्की प्रतियोगिताबारे नर्थ फेसका लागि फिल्म
डिपर‚ फर्दर‚ हाइअरः तीन भागमा स्नोबोर्डको अभियानका बारेमा फिल्म
सगरमाथाः सोनी र नेशनल जियोग्राफिक च्यानलमा दी नर्थ साइड अभियान सञ्चालन
माउन्ट किलिमन्जरोः अभियान्ता

१०. डेबिड होज्

सिनियर फरेन सर्भिसको व्यवसायिक सदस्य‚ मिनिस्टर काउन्सलर
सन् २०१७ जुलाईमा मिसन इन गुटमालाका डेपुटी चिफको रुपमा सेवा प्रदान गरेका उनले सेवा प्रदान गरेका अन्य संघसंस्थामा भूमिका- स्टेस डिपार्टमेन्टमा पब्लिक अफेयर्स र पब्लिक डिप्लोम्यासी ब्यूरो अफ वेस्टर्न हेमिस्फियर अफेयर्समा डाइरेक्टर‚ ब्याङ्कक‚ थाइल्याण्ड‚ लापाज‚ बोलिभिया र ब्राजिलस्थित कल्चरल अफेयर्स अफिसर र लिमा‚ पेरूमा पब्लिक अफेयर्सका काउन्सलर।

११. अब्बे स्मिथ

व्यवसायिक एथलेट्स
स्टोरी टेलर‚ निर्माता‚ डिजिटल स्ट्राटेजिस्ट र सामाजिक मिडिया विज्ञ
अन्नन् आर्टिस्ट एलएलसीका निर्माता तथा को-फाउण्डर
भारतका हिमालयन क्षेत्रका बारेमा आरोहणसम्बन्धी तीनवटा अभियान सञ्चालन
लेखक र निर्माता
पिआर डाइरेक्टरको रुपमा सेवा दिएका र एड्भेन्चर फिल्म फेस्टिबलका निर्माता
याहूमा कन्टेन्ट प्रोड्युसर र भिडियो प्रोग्रामरको रुपमा सेवा प्रदान गरेकी छन्।

१२. पिटर

लेखक‚ मार्मट एथेलेट‚ चट्टान विशेषज्ञ‚ आइस र अल्पाइन् क्लाइम्बर
रक एण्ड आइस पत्रिकाका वरिष्ठ सम्पादक र स्पोर्ट अफिल्ड एण्ड ब्याकप्यकरका कन्ट्रिब्युटर
भारत‚ नेपाल र काराकोरमका हिमालयसम्बन्धित अभियान सञ्चालन विज्ञ
इएसपिएन विन्टर एक्स-गेमका प्रतिस्पर्धी‚ पर्वतारोही
तीन पुस्तकका लेखक– नेशनल जिओग्राफिक- क्लाइम्ब! एण्ड यान आइ एट् द टप अफ द वर्ल्ड
कोप ड्यास इन्सपायर अवार्ड‚ २००९ द्वारा सम्मानित
लिम्यान स्प्रिट्ज अवार्ड‚ २००७ द्वारा सम्मानित

हेर्नुस् भिडियाे

खेलाडीकाे प्राेफाइल भिजिट नेपालकाे सचिवालयले उपलब्ध गरएकाे सामग्रीबाट अनुवाद गरिएकाे हाे।

प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  १२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्