काठमाडौं– फिल्म ‘डमरुको डण्डीबियो’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक ट्रेलरले नेपालको पुर्वराष्ट्रिय खेल डण्डीबियो र खेलाडीको जीवनको कथालाई देखाएको छ।
फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन्। फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंचु सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।
फिल्म युनिटले प्रचारको नयाँ शैलीअनुरुप लोपोन्मुख डण्डीबियो खेलको स्मरण गराउन ‘ठ्याक लाउने च्यालेन्ज’ (डण्डीबियो खेलको ठ्याक) पनि सुरु गरिसकेको छ। सो कार्यक्रम काठमाडौंका विभिन्न स्थानमा आयोजना भइरहेका छन्।
समृद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ।
फिल्म आगामी वैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।