• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विमानस्थलको एक्स-रे मेसिनले किन देख्दैन कोकिन?

६ वर्षमा ४७ किलो कोकिन बरामद
64x64
नारायण अधिकारी बुधबार, माघ २२, २०७६  १५:२८
1140x725

काठमाडौं– जुँगाको हल्का रेखी। मंगोलियन अनुहार। खाइलाग्लो ज्यान। कालो, छोटो केस।

यिनै हुलिया भएका एक बोलेभियन नागरिक माघ ८ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एक्स-रे मेसिनबाट जाँच पास गर्दै बाहिरिए।

विमानस्थलबाट बाहिरिएर उनी सरासर ठमेलमा रहेको होटल बुद्धल्यान्ड पुगे। उनको नाममा ४०२ नम्बर कोठा पहिल्य नै बुक थियो। 

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले उनी सामान्य पर्यटक नभएको सूचना पाइसकेको थियो।

विमानस्थलको जाँच पार गरेर उनी ठमेलतिर लागे लगत्तै ब्युरोको एक टोलीले उनलाई पच्छ्याउन थालिसकेको थियो।

उनी कोठाभित्र प्रवेश गरेको केही समयमा प्रहरी टोलीले होटलमा रहेको उनको रेकर्ड जाँच गर्‍यो– सिई ५१८५७। नाम सोलोन क्याभेज।

प्रहरी टोली उनी बसेको कोठामा गएर उनको सुटकेस जाँच गर्दा फेला पर्‍यो ७ करोड बराबरको कोकिन। प्रहरीले जोख्दा तौल निस्कियो २ किलो २ सय ग्राम।

यसको एक महिना अघि पुस ५ मा ब्युरोको टोलीले ६ किलो कोकिनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

पुस ५ बेलुका साढे ८ बजे क्याथे प्यासिफिकको फ्लाईट नम्बर केए १०३ बाट काठमाडौंबाट हङकङ जान लागेको बेलारुस नागरिक २१ वर्षीय पाभेल भासिलुई, र २१ वर्षकै युवती एलिना अल्डोसिना ३-३ किलो गरी ६ किलो कोकिन फेला पारेको थियो।

प्रहरी अनुसन्धानमा नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी मुलकमा कोकिन पूर्याउन लागुऔषध तस्करीमा सक्रिय अन्तराष्ट्रिय संगठनले कोकिन नेपाल भित्र्याउने गरेको प्रहरीको अनुसन्धानले खुलाइसकेको छ। सबै कोकिन हवाईमार्गबाटै नेपाल भित्रिने हो। विमानस्थलबाट भित्रिनसक्ने शंकास्पद सामाग्रि पहिल्याउन विमानस्थलमा अत्याधुनिक एक्से मेसिन समेत राखिएको छ नै। तर अधिकांश कोकिन विमानस्थलबाट बाहिरिएपछि मात्र फेला पर्छन्। किन ?

उनीहरूसँगको सोधपुछपछि लाजिम्पाटस्थित लस्ट गार्डेन होटलबाट थप दुई जना बोलिभियन नागरिक रोबर्ट कार्लोस र राहुल जाम्बार्ना पक्राउ परे।

अनुसन्धानमा सो कोकिन पनि विमानस्थलबाट सहजै काठमाडौं भित्रिएको खुल्यो।

आउने बेलामा उनीहरू सहजै विमानस्थलको चेकजाँच पास गरी उम्किए। तर फर्कने बेला सोही कोकिन बोकेर हङकङ जानेक्रममा शंका लागेर जाँच गर्दा ज्याकेटमा फल्स बटम बनाएर लुकाएको फेला पर्‍यो।

गत भदौ ४, दिउँसो साढे ४ बजे आइभरीकोस्टका ३५ वर्षीय मार्सेल गुली कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएर एक किलो ६ सय ग्राम कोकिन बोकेर सहजै बाहिरिएका थिए। नेपाल कोकिनको बजार होइन।

प्रहरी अनुसन्धानमा नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी मुलकमा कोकिन पुर्‍याउन लागुऔषध तस्करीमा सक्रिय अन्तराष्ट्रिय संगठनले कोकिन नेपाल भित्र्याउने गरेको प्रहरीको अनुसन्धानले खुलाइसकेको छ।

सबै कोकिन हवाईमार्गबाटै नेपाल भित्रिने हो। विमानस्थलबाट भित्रिनसक्ने शंकास्पद सामग्री पहिल्याउन विमानस्थलमा अत्याधुनिक एक्से मेसिन समेत राखिएको छ नै। तर अधिकांश कोकिन विमानस्थलबाट बाहिरिएपछि मात्र फेला पर्छन्। किन?

विमानस्थलका भन्सार प्रमुख विष्णुराज ढकाल अबैध सामान भित्रिन नदिन दैनिक जाँच हुने गरेको र त्यस्ता सामान फेला पर्ने पनि गरेको बताए। कोकिन चाँहि किन फेला पर्दैन भन्ने जिज्ञासामा उनले भने, ‘लागुऔषधबारे प्रहरीसँग पनि समन्वय हुन्छ। त्यही कारणले पनि विमानस्थलमै जफत नगरिएको हुन सक्छ।’

तर लागुऔषध कारोबारको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको भनाइ भने केही फरक छ। केही घटनामा समूह नै पक्राउ गर्न विमानस्थलमा लागुऔषध देखिए पनि कारोबारीलाई बाहिर निस्कन दिने र पछि फलो गरेर पक्राउ गर्ने गरिए पनि सबै घटनामा यस्तो हुने नगरेको बताउँछन्।

‘समूह नै संलग्न हुन सक्ने कुनै तस्करबारे पूर्व जानकारी आए विमानस्थलमा पक्राउ नगर्न अनुरोध गछौं,’ ब्युरोका एक अधिकारीले भने, ‘विमानस्थलमा समात्दा बाहिर रहेकाहरु उम्कन सक्छन् भनेर यस्तो गरिन्छ। तर सबै केसमा यस्तो हुन्न।’

६ वर्षमा ४७ किलो कोकिन बरामद
लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार वर्षको अवधिमा ४६ किलो ९ सय २५ ग्राम कोकिन फेला परिसकेको छ नेपालमा।

सन् २०१४ मा ५ किलो ४९९ ग्राम कोकिन फेला परेको थियो। सन् २०१५ मा ११ किलो, २०१६ मा १३ किलो ६ सय २६ ग्राम, सन् २०१७ मा ५ किलो, सन् २०१८ मा २ किलो, सन् २०१९ मा ७ किलो ६ सय ग्राम कोकिन प्रहरीले बरामद गरेको छ।सन् २०२० को प्रारम्भमै २ किलो २ सय ग्राम कोकिन फेला परिसकेको छ।

कोकिन कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले आर्थिक वर्ष २०६८/६९ देखि अहिलेसम्म १ नेपाली सहित २९ विदेशी नागरिक पक्राउ गरिसकेको छ।

पक्राउ पर्ने विदेशी नागरिकमा चिनियाँ, पाकिस्तानी, थाई, बोलिभियन र मलेसियन नागरिक छन्। 

प्रहरीले अहिलेसम्म नेपाली बजारमा कोकिन बिक्री भएको फेला पारेको छैन। त्यही आधारमा नेपालमा जति पनि कोकिन भित्रिएका छन् ती नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा लैजान ल्याउने गरिएको प्रहरीको निष्कर्ष देखिन्छ।

ब्युरोका प्रवक्ता एसपी वीरेन्द्रकुमार बस्यालका अनुसार १ ग्रामकै २५ देखि ३० हजार रुपैयाँसम्म पर्ने लागुऔषध कोकिनको विशेषगरी युरोपियन देशहरुमा खपत हुन्छ। दक्षिण एसियाका देशहरुमा भने भारत, जापान, चीन जस्ता देशमा खपत हुने गरेको अनुसन्धान अधिकारी बताउँछन्।

कोकिन तस्करीका उपाय अनेक
पोर्चुगल तथा स्पेनका प्रहरीले केही समय पहिला भुइँकटहरमा लुकाएको अवस्थामा कोकिन बरामद गरेका थिए।

दक्षिण अमेरिकाबाट पोर्चुगल तथा स्पेन ल्याइएको भुँइकटहर शंका लागेर प्रहरीले जाँच गर्दा कटहरको भित्री भागको गुदी निकालेर त्यसमा कोकिन राखी बोक्रालाई प्राकृतिक जस्तै गरी बन्द गराइएको पाइएको थियो। 

त्यसबेला भुँइकटहरमा राखेर ल्याइएको ७ सय ४५ किलो कोकिन बरामद भएको थियो भने ९ जना पक्राउ परेका थिए।

सन् २०१५ जुनमा कोलम्बियाको विमानस्थलमा होन्डुरसकी एक महिलाले वक्षस्थलमा ट्रान्सप्लान्ट गरेर तीन पाउन्ड झोल कोकिन बोकेको समाचार सार्वजनिक भएको थियो। 

पछिल्लो समय विभिन्न ब्राण्डका रक्सी र जुसको बोतलमार्फत् झोल कोकिन तस्करी हुँदै आएको देखिएको छ। 

नेपालमा कोकिन भित्र्याउन तस्कर समूहले अनेक उपाय लगाउने गरेका छन्।

नेपालमा अधिकांशले सुटकेस, ज्याकेटलगायतमा फल्म बटम बनाएर लुकाएर कोकिन ल्याउने गरेका छन्। केहीले सौन्दर्य साधन, बच्चाको खेलौनाको समेत प्रयोग गर्ने गरेका छन्।

केही समय पहिले स्याम्पुको बट्टामा झोल बनाएर कोकिन ल्याइएको थियो।

सन् २०१६ को मार्चमा देखिएको यो शैली नयाँ थियो। त्यस्तै स्याम्पु र लोसनको बट्टामा पाउडर बनाएर पनि कोकिन नेपाल आइपुगेको थियो।

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्