• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विमानस्थलको एक्स-रे मेसिनले किन देख्दैन कोकिन?

६ वर्षमा ४७ किलो कोकिन बरामद
64x64
नारायण अधिकारी बुधबार, माघ २२, २०७६  १५:२८
1140x725

काठमाडौं– जुँगाको हल्का रेखी। मंगोलियन अनुहार। खाइलाग्लो ज्यान। कालो, छोटो केस।

यिनै हुलिया भएका एक बोलेभियन नागरिक माघ ८ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एक्स-रे मेसिनबाट जाँच पास गर्दै बाहिरिए।

विमानस्थलबाट बाहिरिएर उनी सरासर ठमेलमा रहेको होटल बुद्धल्यान्ड पुगे। उनको नाममा ४०२ नम्बर कोठा पहिल्य नै बुक थियो। 

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले उनी सामान्य पर्यटक नभएको सूचना पाइसकेको थियो।

विमानस्थलको जाँच पार गरेर उनी ठमेलतिर लागे लगत्तै ब्युरोको एक टोलीले उनलाई पच्छ्याउन थालिसकेको थियो।

उनी कोठाभित्र प्रवेश गरेको केही समयमा प्रहरी टोलीले होटलमा रहेको उनको रेकर्ड जाँच गर्‍यो– सिई ५१८५७। नाम सोलोन क्याभेज।

प्रहरी टोली उनी बसेको कोठामा गएर उनको सुटकेस जाँच गर्दा फेला पर्‍यो ७ करोड बराबरको कोकिन। प्रहरीले जोख्दा तौल निस्कियो २ किलो २ सय ग्राम।

यसको एक महिना अघि पुस ५ मा ब्युरोको टोलीले ६ किलो कोकिनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको थियो।

Ncell 2
Ncell 2

पुस ५ बेलुका साढे ८ बजे क्याथे प्यासिफिकको फ्लाईट नम्बर केए १०३ बाट काठमाडौंबाट हङकङ जान लागेको बेलारुस नागरिक २१ वर्षीय पाभेल भासिलुई, र २१ वर्षकै युवती एलिना अल्डोसिना ३-३ किलो गरी ६ किलो कोकिन फेला पारेको थियो।

प्रहरी अनुसन्धानमा नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी मुलकमा कोकिन पूर्याउन लागुऔषध तस्करीमा सक्रिय अन्तराष्ट्रिय संगठनले कोकिन नेपाल भित्र्याउने गरेको प्रहरीको अनुसन्धानले खुलाइसकेको छ। सबै कोकिन हवाईमार्गबाटै नेपाल भित्रिने हो। विमानस्थलबाट भित्रिनसक्ने शंकास्पद सामाग्रि पहिल्याउन विमानस्थलमा अत्याधुनिक एक्से मेसिन समेत राखिएको छ नै। तर अधिकांश कोकिन विमानस्थलबाट बाहिरिएपछि मात्र फेला पर्छन्। किन ?

उनीहरूसँगको सोधपुछपछि लाजिम्पाटस्थित लस्ट गार्डेन होटलबाट थप दुई जना बोलिभियन नागरिक रोबर्ट कार्लोस र राहुल जाम्बार्ना पक्राउ परे।

अनुसन्धानमा सो कोकिन पनि विमानस्थलबाट सहजै काठमाडौं भित्रिएको खुल्यो।

आउने बेलामा उनीहरू सहजै विमानस्थलको चेकजाँच पास गरी उम्किए। तर फर्कने बेला सोही कोकिन बोकेर हङकङ जानेक्रममा शंका लागेर जाँच गर्दा ज्याकेटमा फल्स बटम बनाएर लुकाएको फेला पर्‍यो।

गत भदौ ४, दिउँसो साढे ४ बजे आइभरीकोस्टका ३५ वर्षीय मार्सेल गुली कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएर एक किलो ६ सय ग्राम कोकिन बोकेर सहजै बाहिरिएका थिए। नेपाल कोकिनको बजार होइन।

प्रहरी अनुसन्धानमा नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी मुलकमा कोकिन पुर्‍याउन लागुऔषध तस्करीमा सक्रिय अन्तराष्ट्रिय संगठनले कोकिन नेपाल भित्र्याउने गरेको प्रहरीको अनुसन्धानले खुलाइसकेको छ।

सबै कोकिन हवाईमार्गबाटै नेपाल भित्रिने हो। विमानस्थलबाट भित्रिनसक्ने शंकास्पद सामग्री पहिल्याउन विमानस्थलमा अत्याधुनिक एक्से मेसिन समेत राखिएको छ नै। तर अधिकांश कोकिन विमानस्थलबाट बाहिरिएपछि मात्र फेला पर्छन्। किन?

विमानस्थलका भन्सार प्रमुख विष्णुराज ढकाल अबैध सामान भित्रिन नदिन दैनिक जाँच हुने गरेको र त्यस्ता सामान फेला पर्ने पनि गरेको बताए। कोकिन चाँहि किन फेला पर्दैन भन्ने जिज्ञासामा उनले भने, ‘लागुऔषधबारे प्रहरीसँग पनि समन्वय हुन्छ। त्यही कारणले पनि विमानस्थलमै जफत नगरिएको हुन सक्छ।’

तर लागुऔषध कारोबारको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको भनाइ भने केही फरक छ। केही घटनामा समूह नै पक्राउ गर्न विमानस्थलमा लागुऔषध देखिए पनि कारोबारीलाई बाहिर निस्कन दिने र पछि फलो गरेर पक्राउ गर्ने गरिए पनि सबै घटनामा यस्तो हुने नगरेको बताउँछन्।

‘समूह नै संलग्न हुन सक्ने कुनै तस्करबारे पूर्व जानकारी आए विमानस्थलमा पक्राउ नगर्न अनुरोध गछौं,’ ब्युरोका एक अधिकारीले भने, ‘विमानस्थलमा समात्दा बाहिर रहेकाहरु उम्कन सक्छन् भनेर यस्तो गरिन्छ। तर सबै केसमा यस्तो हुन्न।’

६ वर्षमा ४७ किलो कोकिन बरामद
लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार वर्षको अवधिमा ४६ किलो ९ सय २५ ग्राम कोकिन फेला परिसकेको छ नेपालमा।

सन् २०१४ मा ५ किलो ४९९ ग्राम कोकिन फेला परेको थियो। सन् २०१५ मा ११ किलो, २०१६ मा १३ किलो ६ सय २६ ग्राम, सन् २०१७ मा ५ किलो, सन् २०१८ मा २ किलो, सन् २०१९ मा ७ किलो ६ सय ग्राम कोकिन प्रहरीले बरामद गरेको छ।सन् २०२० को प्रारम्भमै २ किलो २ सय ग्राम कोकिन फेला परिसकेको छ।

कोकिन कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले आर्थिक वर्ष २०६८/६९ देखि अहिलेसम्म १ नेपाली सहित २९ विदेशी नागरिक पक्राउ गरिसकेको छ।

पक्राउ पर्ने विदेशी नागरिकमा चिनियाँ, पाकिस्तानी, थाई, बोलिभियन र मलेसियन नागरिक छन्। 

प्रहरीले अहिलेसम्म नेपाली बजारमा कोकिन बिक्री भएको फेला पारेको छैन। त्यही आधारमा नेपालमा जति पनि कोकिन भित्रिएका छन् ती नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा लैजान ल्याउने गरिएको प्रहरीको निष्कर्ष देखिन्छ।

ब्युरोका प्रवक्ता एसपी वीरेन्द्रकुमार बस्यालका अनुसार १ ग्रामकै २५ देखि ३० हजार रुपैयाँसम्म पर्ने लागुऔषध कोकिनको विशेषगरी युरोपियन देशहरुमा खपत हुन्छ। दक्षिण एसियाका देशहरुमा भने भारत, जापान, चीन जस्ता देशमा खपत हुने गरेको अनुसन्धान अधिकारी बताउँछन्।

कोकिन तस्करीका उपाय अनेक
पोर्चुगल तथा स्पेनका प्रहरीले केही समय पहिला भुइँकटहरमा लुकाएको अवस्थामा कोकिन बरामद गरेका थिए।

दक्षिण अमेरिकाबाट पोर्चुगल तथा स्पेन ल्याइएको भुँइकटहर शंका लागेर प्रहरीले जाँच गर्दा कटहरको भित्री भागको गुदी निकालेर त्यसमा कोकिन राखी बोक्रालाई प्राकृतिक जस्तै गरी बन्द गराइएको पाइएको थियो। 

त्यसबेला भुँइकटहरमा राखेर ल्याइएको ७ सय ४५ किलो कोकिन बरामद भएको थियो भने ९ जना पक्राउ परेका थिए।

सन् २०१५ जुनमा कोलम्बियाको विमानस्थलमा होन्डुरसकी एक महिलाले वक्षस्थलमा ट्रान्सप्लान्ट गरेर तीन पाउन्ड झोल कोकिन बोकेको समाचार सार्वजनिक भएको थियो। 

पछिल्लो समय विभिन्न ब्राण्डका रक्सी र जुसको बोतलमार्फत् झोल कोकिन तस्करी हुँदै आएको देखिएको छ। 

नेपालमा कोकिन भित्र्याउन तस्कर समूहले अनेक उपाय लगाउने गरेका छन्।

नेपालमा अधिकांशले सुटकेस, ज्याकेटलगायतमा फल्म बटम बनाएर लुकाएर कोकिन ल्याउने गरेका छन्। केहीले सौन्दर्य साधन, बच्चाको खेलौनाको समेत प्रयोग गर्ने गरेका छन्।

केही समय पहिले स्याम्पुको बट्टामा झोल बनाएर कोकिन ल्याइएको थियो।

सन् २०१६ को मार्चमा देखिएको यो शैली नयाँ थियो। त्यस्तै स्याम्पु र लोसनको बट्टामा पाउडर बनाएर पनि कोकिन नेपाल आइपुगेको थियो।

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  १५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्