• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

५ महिना कार्यकाल लम्ब्याउने प्रयासमा आइजिपी : बालुवाटारमा प्रधानमन्त्रीसँग 'वान टु वान' छलफल

64x64
नारायण अधिकारी सोमबार, माघ २०, २०७६  २३:०४
1140x725

काठमाडौं- अवकाशको मिति नजिकिएसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ५ महिना कार्यकाल लम्ब्याउन राजनीतिक दौडधुपमा सक्रिय भएका छन्।

३० वर्षे सेवा अवधिका कारण उनले आफ्नो ब्याचका ३ एआइजी र १८ डिआइजीसँगै माघ २८ मा अवकाश पाउँदैछन्।

उनीपछि आइजीपी हुन सक्ने प्रहरी अधिकृतले ५ महिना मात्रै संगठनको नेतृत्व पाउनेछन्। यसैमा खेल्दै उनी माघ २८ मा बिदाबारी हुनुको साटो थप ५ महिना भए पनि कार्यकाल बढाउन राजनीतिक कसरतमा लागेका हुन्।

खनाल २०४६ माघ २९ मा प्रहरी सेवामा प्रवेश गरेकाले नियमावलीमा भएको ३० वर्षे सेवा हदका कारण माघ २८ मा अनिवार्य अवकाशमा जाँदैछन्।

उनको अवकाशपछि २०४७ असार २५ मा सेवा प्रवेश गरेका ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायमध्ये  एक जना आइजिपी बन्नेछन्। यी तीनमध्ये जो आइजिपी भए पनि नियमावली परिर्वतन नभए ५ महिना मात्रै आइजिपी हुन सक्छन्। 

खनाल अहिले नयाँ बन्ने आइजिपीको अवधिलाई हतियार बनाएर आफ्नो कार्यकाल बढाउन सक्रिय भएका हुन्। ५ महिनाका लागि मात्रै नयाँ आइजिपी बनाउँदा संगठनमा नकारात्मक प्रभाव पर्ने भन्दै उनी सो अवधिसम्म आफूलाई नै कायम राख्न प्रधानमन्त्रीदेखि सत्ताधारी दल नेकपाका प्रभावशाली नेताहरूसँग भेटघाट बढाएका छन्।

उनी प्रहरी महानिरीक्षक भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको व्यक्तिगत र व्यवसायिक सम्बन्ध राम्रो भएन। तर उनले ५ महिना अवधि बढाउनका लागि प्रधानमन्त्री ओलीलाई मनाउन सबै सम्पर्क सूत्र परिचालन गरिरहेका छन्।

गत शुक्रबार खनाल प्रधानमन्त्री ओलीलाई ५ महिनाका लागि नयाँ आइजिपी किन बनाउनु हुन्न भनेर सम्झाउन नेकपा नेता तथा प्रतिनिधिसभा सांसद् किसन श्रेष्ठसँग प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

Ncell 2
Ncell 2

विश्वस्त स्रोतका अनुसार श्रेष्ठभन्दा अगाडि उनी आफैंले प्रधानमन्त्रीसँग भेट्न पटकपटक समय मागे पनि पाएका थिएनन्। जति गरे पनि समय नपाएपछि आइजिपी खनालले श्रेष्ठसँग आग्रह गरेका थिए। यसपछि श्रेष्ठले नै प्रधानमन्त्रीसँग भेटका लागि समय मिलाइदिका थिए। स्रोतका अनुसार आइजी खनाल र सांसद श्रेष्ठसँगै बालुवाटार गए पनि प्रधानमन्त्री ओली र खनालबीचको छलफलमा भने बसेनन्।

प्रधानमन्त्री ओली र आइजिपी खनालबीच करिब डेढ घन्टा 'वान टु वान' छलफल भएको थियो। छलफलको विषय म्याद थप रहेको बालुवाटार स्रोतले बताएको छ।

खनालले प्रधानमन्त्री ओलीलाई ‘५ महिनासम्म संगठनको गति नै बुझ्न समय लाग्ने, त्यन्तिजेल प्रहरीले प्रभावकारी काम गर्न नसक्दा सरकारकै आलोचना हुने’ भन्दै आफ्नो कार्यकाल बढाउनु सरकारका लागि राम्रो हुने बताएका थिए। उनले ५ महिना अवधि पाए निर्मला बलात्कार–हत्याकाण्ड पनि सल्टाउन सकिने प्रधानमन्त्री ओलीसँग दाबी गरेका थिए।

खनालले आफ्नो कार्यकाल बढाउन आग्रह गरे पनि प्रधानमन्त्री ओलीले वचन भने नदिएको स्रोतले बताएको छ।

यस विषयमा आफूलाई अन्यबाट पनि सुझाव आएको र आफू तत्कालै निर्णयमा पुगिनसकेको जवाफ दिँदै ओलीले खनाललाई जे निर्णय हुन्छ जानकारी पाइहाल्नुहुन्छ भन्दै बिदा गरेका थिए।

खनालको म्याद बढाउन प्रधानमन्त्री निवास लिएर गएको विषयमा जिज्ञासा राख्दा सांसद श्रेष्ठले आफू अहिले नै यस विषयमा नबोल्ने प्रतिक्रिया दिए।

‘समय थप्ने नथप्ने मन्त्रिपरिषद्‍को कुरा हो, म अहिले यो विषयमा केही बोल्दिनँ’ उनले नेपाल लाइभसँग भने।

सम्भावना कति?
आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकमा आइजिपीको म्याद थपबारे छलफलसमेत भएन। 

५ महिनाका लागि आइजी बनाउनु हुन्न भन्ने खनालको तर्क त्यत्ति बलियो देखिन्न। यस अगाडि नेपाल प्रहरीमै हेमबहादुर गुरुङ ६ महिनाका लागि आइजिपी भएका थिए। सशस्त्र प्रहरीमा हेर्ने हो भने किशोरकुमार लामा जम्मा १४ दिनका लागि आइजी भएका थिए।

तर प्रहरीको वृत्तिविकास सम्बन्धी प्रावधान प्रहरी नियमावलीमा रहेकाले सरकारले चाहेमा प्रहरी महानिरीक्षकको अवधि बढाउन समस्या भने छैन। 

आइजिपीको पुरानै रोग
गत मंसिर १ गते पुलिस क्बलमा भएको महानगरीय प्रहरी दिवसको कार्यक्रमपछि अनौपचारिक कुराकानीमा आइजी खनालले समयावधि लम्ब्याउन आफू नलाग्ने बताएका थिए।

‘मलाई समयावधि लम्ब्याउनु छैन। न ५ महिना थप गर्नु पर्‍यो भन्छु, न ३० हटाऔं भन्छु। यस विषयमा म मौन रहन्छु,’ आइजी खनालले त्यसबेला भनेका थिए। तर अहिले उनी आफैं म्याद बढाउन दौडधुपमा लागेका छन्।

शक्तिकेन्द्रलाई रिझाएकै भरमा कार्यकाल लम्बिने गरेका घटना प्रहरीमा नौला होइनन्।

यो खेल २०४९ सालबाटै सुरु भएको हो, प्रहरीमा। मोतीलाल बोहरालाई आइजिपी बनाउन प्रहरी नियमावली २०४९ लाई फागुन १५ गते संशोधन गर्दै ३० वर्षे सेवा अवधि लगाएर तत्कालीन आइजिपी रत्न शमशेर जबरालाई हटाएर बोहरालाई आइजिपी बनाइएको थियो। नेपाल प्रहरीमा रहेको २ वर्ष पदावधि थप्न सक्ने प्रावधान हटेपछि पनि अनेक बहानामा कार्यकाल बढाउन चलखेल हुँदै आएको छ।

सर्वोच्च अदालतले प्रहरीको वृत्ति विकाससम्बन्धी प्रबन्ध नियमावलीमा नभई प्रहरी ऐनमै राख्न आदेश दिए पनि नयाँ प्रहरी ऐन नबन्दा सो प्रावधान नियमावलीमै राखिएको छ।

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  २३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्