काठमाडौं– नेकपा (एमाले) संसदिय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा उनी उपनेता चयन भएका हुन्।
त्यस्तै एमालेको प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी चयन भएका छन्।
बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एमाले संसदीय दलको बसेको बैठकले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरेको हो।
प्रमुख सचेतक चयन भएका अधिकारी कास्की १ वाट निर्वाचित सांसद हुन्। चौधरी समानुपातीक कोटा बाट सांसद बनेकी भएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।