काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले उपलब्ध गराएका सुरक्षाकर्मी फिर्ता पठाउने भएका छन्।
नयाँ शक्ति नेपालका संयोजक समेत रहेका भटुटराईले आउँदो बैसाख १ गतेदेखि व्यक्तिगत सुरक्षा अधिकृतबाहेक सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मी फिर्ता पठाउने निर्णय गरेका हुन्।
अतिविशिष्ट/विशिष्ट व्यक्तिको सुरक्षाको नाममा धेरै जनशक्ति दुरुपयोग भएकाले यसमा सुधारका लागि नियम पुनरावलोकलन गर्न पूर्वप्रधानमन्त्री भट्टराईले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेरै आग्रह गरेका थिए। भट्टराईले केही साताअगाडि गृहमन्त्री लगायत विशिष्ट व्यक्तिको सुरक्षा हेर्ने प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयलका प्रमुखसँग भेट गरी सुरक्षा निकायको जनशक्तिमा भइरहेको दुरुपयोग रोक्न आग्रह गरेका थिए।
सरकारले पूर्वप्रधानमन्त्रीको रुपमा भट्टराईलाई हाल सशस्त्र प्रहरीका १९ र नेपाल प्रहरीका १२ जना सुरक्षाकर्मी उपलब्ध गराएको उनका स्वकीय सचिव विश्वदीप पाण्डेल बताए । सुरक्षाका लागि भट्टराईले २ वटा गाडीसमेत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।