काठमाडौं– भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्वप्रधानमन्त्रीसहित प्रवुद्ध वर्गका सदस्यहरुसँग छलफल गरेका छन्।
दुई देशका बीचमा कार्यान्वयन गर्न बाँकी रहेका र भविष्यमा परिमार्जन गर्नुपर्ने विदेश नीति तथा कार्यक्रमका बारेमा उनीहरुसँग प्रधानमन्त्री ओलीले छलफल जारी राखेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छलफलमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द, पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, राजनीतिक विश्लेषक निलाम्वर आचार्य, परराष्ट्रविद् राजन भट्टरार्इ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सुर्यनाथ उपाध्याय र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलगायत छन्।
पञ्चेश्वर लगायत अन्य आयोजना, १९५० को सन्धि र अन्य विषयमा केही समय पहिले मात्र नेपाल–भारत प्रवुद्ध समुहले बैठक बस्दै समयानुकुल पुनरावलोकन गर्ने सहमती गरेको थियो। वाम गठवन्धनको वहुमत रहेको समयमा भारत भ्रमण गर्न लागेका ओलीले उक्त भ्रमणका लागि आवश्यक तयारीको रुपमा परराष्ट्र मामिलाका जानकार व्यक्तिहरु समेत राखेर राय लिएका हुन्। ओली यही चैत २३ गते भारतको ३ दिने राजकिय भ्रमणमा जाँदै छन्।
२५ गतेसम्म हुने ओलीको उक्त भ्रमणपछि लामो समयदेखि सम्झौता भएको तर कार्यान्वयन हुन नसकेको पञ्चेश्वर अायाेजनाले निकास पाउने आस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।