• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सभामुख सापकोटाविरुद्ध ३ मुद्दा सर्वोच्चमा, के हुन्छ हत्या आरोपको मुद्दा?

64x64
नेपाल लाइभ आइतबार, माघ १२, २०७६  १६:३७
1140x725

काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाविरुद्ध दुई थरी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन्। 

हत्या आरोपमा अनुसन्धान र सभामुखका रुपमा काम गर्न रोक्न माग गर्दै परेका अलगअलग २ मुद्दा सर्वोच्चमा पेसीमा चढेका छन्। 

आइतबार पेसीमा रहेको दोस्रो मुद्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी गर्दै सोमबारका लागि सरेको छ।

न्यायाधीश हरिकुमार फुयाँलको इजलासमा रहेको मुद्दा उनले हेर्न नमिल्दा सरेको हो। न्यायाधीश फुयाँलले यसअघि सापकोटाको विपक्षमा बहस गरेकाले हेर्न नमिलेको हो। 

२०६८ सालमा दायर भएको मुद्दामा फुयाँलले सापकोटाका विरुद्ध बहस गरेका थिए। तत्कालीन समयमा सूचना तथा सञ्चारमन्त्री हुँदा सापकोटाविरुद्ध कनकमणि दीक्षित, सुशील प्याकुरेललगायतले सर्वोच्चमा अवहेलना मुद्दा हालेका थिए। उक्त मुद्दा सुनुवाईका लागि संवैधानिक इजलासमा विचाराधीन छ। संवैधानिक इजलासले फैसलाको चरणमा उनको मुद्दा सुनुवाइ गरिरहेको छ। 

त्यस्तै, काभ्रेकी पूर्णीमाया लामाले पनि सापकोटाविरुद्ध मुद्दा हालेकी छन्। आफ्ना पति अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता भएको आरोपमा पूर्णीमायाले सोपाकोटाविरुद्ध मुद्दा दायर गरेकी थिइन्। सो मुद्दा पनि संवैधानिक इजलासमा विचाराधीन रहेको छ। 

आइतबार सभामुख निर्वाचन रोक्न माग गर्दै दायर भएको निवेदन सुनुवाई हुन नसकेपछि सोमबारका लागि पुनः पेसीमा चढ्दै छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनमा सोमबार पुनः अर्को इजलासमा पेशी चढेर सुनुवाई भएपछि यो विवादले निश्चित आकार लिनेछ। 

पूरक निवेदनसहित सोमबार पेसी
शुक्रबार सापकोटाविरुद्ध त्रिपाठीले रिट निवेदन दायर गरेपनि आइतबार सुनुवाई हुन नसकेपछि उनी सभामुखमा चयन भए। सभामुख चयन भएपछि उक्त रिटको औचित्य कम भएपछि निवेदनले पुनः अर्को पूरक निवेदन दिने तयारी गरेका छन्। सभामुखको रुपमा सापकोटाको नाम प्रतिनिधि सभाले घोषणा गरेपछि त्यसलाई चुनौती दिँदै सोमबार नै दर्ता गरी सुनुवाई गरिने अधिवक्ता त्रिपाठीले जानकारी दिए। 

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि सभामुखको निर्वाचन रोक्न माग गरिएको तर परिस्थितिले सभामुख चयन भइसकेका कारण सभामुखको रुपमा काम गर्न रोक्न माग गर्दै नयाँ पुरक निवेदन दर्ता हुने उनले बताए। यो मुद्दामा सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरेमात्र सापकोटा समस्यामा पर्ने छन्। अन्तरिम जारी गरेन भने उनी आफ्नो जिम्मेबारीमा अघि वढ्न सक्ने कानुनी बाटो खुल्ला हुने छ। 

अर्जुन लामा हत्या प्रकरण २२ गते सुनुवाइ 
काभ्रेका अर्जुन लामाको हत्या प्रकरणसम्बन्धी मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले यही २२ गते सुनुवाई गर्दै छ। यसअघि पुस २५ गते रहेको मुद्दाको पेशी स्थगित हुदै सरेको थियो। माघ २२ को सुनुवाइ हुँदा उनी सभामुखको हैसियतमा हुनेछन्। 

२०६८ देखि विचाराधीन 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्रीसमेत रहेका सापकोटासहितका नेताविरुद्धको कर्तव्य ज्यानको आरोपको मुद्दा सर्वोच्चमा विचाराधीन भएको लामै समय बितिसकेको छ। वि. सं. २०६८ असार ६ गते सापकोटासहितका नेताविरुद्धको मुद्दाले सर्वोच्चमा प्रवेश पाएको हो। ८ वर्षभन्दा बढी समय बितिसके पनि यो मुद्दाको अन्तिम किनारा भने लाग्न सकेको छैन। तत्कालीन समयमा सापकोटा सूचना तथा सञ्चारमन्त्री थिए। 

कर्तव्य ज्यान मुद्दाको आरोप लागेको व्यक्ति सूचना तथा सञ्चारमन्त्री हुन नसक्ने जिकिर गर्दै कनकमणि दीक्षितसहितले अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा सर्वोच्चले २०७० असार १९ गते फाइल मगाउने आदेश दिएको थियो। उक्त मुद्दा विचाराधीन रहेकै समयमा अर्जुन लामाकी श्रीमती पूर्णीमाया लामाले २०६९ मंसिर ७ गते अर्को मुद्दा दायर गरिन्। काभ्रे जिल्ला  प्रहरी कार्यालयमा विचाराधीन किटानी जाहेरीमा अनुसन्धान नभएको भन्दै उनले त्यसका लागि आदेश हुनुपर्ने माग गरेकी थिइन्। सापकोटासहित अन्यलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नु भन्ने माग उनले रिटमा गरेकी थिइन्। 

उनको निवेदनपछि सापकोटामाथि सुशील प्याकुरेलसहित ८ जनाले अर्को मुद्दा थपे। २०७२ चैत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाउँदै उनीहरूले मुद्दा दायर गरेका थिए। 

सापकोटाविरुद्ध ३ थान रिट पुगेपछि २०७२ वैशाख ८ गते सर्वोच्चले काभ्रे प्रहरीमा रहेको जाहेरीमा भइरहेको प्रगति विवरण पेश गर्न आदेश गरेको थियो। 

त्यसैगरी, २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले मुद्दालाई संवैधानिक इजलासमा पठाएको थियो। 

२०७२ सालमा संवैधानिक इजलासमा पुगेको सापकोटाको सो मुद्दामा संवैधानिक इजलासले २०७६ असार २५ गते सत्य निरुपण तथा मेलमिलाप आयोगबाट द्वन्द्वकालीन मुद्दा भएको भन्दै फाइल मगाउने आदेश गरेको थियो। यो मुद्दाको सुनुवाइ यसअघि नै १२ पटक सरिसकेको थियो।  

सापकोटा र पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायतका नेताविरुद्ध काभ्रेकी पूर्णीमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेलसमेत ८ जनाले दायर गरेको निवेदन अन्तिम किनारा हुने अवस्थामा रहेको छ। 

पहिलो मुद्दामा सापकोटाले सफाई पाए पनि यो मुद्दामा पाएनन भने सभामुखको पदमा रहनका लागि नैतिक संकट उत्पन्न हुन सक्ने छ।

बलात्कारको प्रयास गरेको आरोपमा यसअघिका सभामुख कृष्णबहादुर महरा जेल गएकाले ज्यान मारेको अभियोगमा पक्राउ गर्नुपर्ने आदेश सर्वोच्चबाट जारी भएमा सापकोटा समस्यामा पर्नेछन्। तर सर्वोच्चले खारेज गरे वा संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पठाएमा भने सापकोटाले राहत पाउने छन्।

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्