• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २८, २०८३ Thu, Aug 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

चीनसँगको पहिलो अन्तरदेशीय प्रशारणलाइनमा ‘लोड फ्लो’ विश्लेषण गरिँदै

64x64
नेपाल लाइभ शनिबार, माघ ११, २०७६  १३:५५
1140x725

काठमाडौं-  गल्छी–रसुवागडी–केरुङ अन्तरदेशीय प्रशारणलाइन आयोजनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्नुअघि गरिने ‘लोड फ्लो’ विश्लेषणको काम सुरु गरेको छ।

चीनतर्फको चीन र नेपालतर्फको नेपाल आफैले प्रशारण प्रणालीमार्फत कति विद्युत् प्रवाह गर्न सकिन्छ भनेर अध्ययन तथा विश्लेषण गर्ने काम भइरहेको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए। ‘यो नितान्त विद्युत् प्रशारण सफ्टवेयरसँग जोडिएको पक्ष हो। अहिले २ हजार मेगावाट विद्युत् प्रवाह गरेर हेरिनेछ। 'इन्ट्रिगेटेड नेपाल पावर सिस्टोम’ (आएनपिएस)मार्फत यो प्रशारणलाइनमा कति विद्युत् प्रवाह भइरहेको छ र थप कति प्रवाह गर्न सकिन्छ भन्ने विषय यसमा हामीले हेर्छौं,’ आयोजना प्रमुख आत्रेयले भने।

प्रशारणलाइनको लोड फ्लो विश्लेषणका लागि सूचना प्रविधि तथा अनुगमन निर्देशनालयलाई जिम्मेवारी दिइएको उनले जानकारी दिए। ५ हजार मेगावाट क्षमताको विद्युत् प्रवाहका लागि उक्त प्रशारणलाइन निर्माण गर्ने लक्ष्य लिइएको भएपनि हाल नेपालको कूल वितरण प्रणालीमा १३ सय मेगावाट विद्युत् मात्रै उपलब्ध छ। २ हजार मेगावाट विद्युत् राखेर लोड फ्लो गर्दा पनि नेपालले भारतबाट विद्युत् आयात गरेर गर्नुपर्नेछ।

यो अन्तरदेशीय प्रशारणलाइनमा मात्रै २ हजार मेगावाट विद्युत् प्रवाह गर्दा अरु वितरण प्रणालीमा असर नपुगोस् भनेर पनि प्राधिकरण सचेत रहेको आयोजना प्रमुख आत्रेयले बताए।

नेपालले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र जसमध्ये १० हजार आन्तरिक खपत गर्ने र ५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य राखेकाे छ। सोहि लक्ष्यअनुसार यो अन्तरदेशीय प्रशारणलाइनलाई ५ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमताको बनाउन लागिएको छ।

यो प्रशारणलाइन निर्माण भइसकेपछि त्रिशुली करिडोरमा रहेका जलविद्युत् आयोजना र भारतसँग जोडिएको प्रशारण प्रणाली पनि यसमा जोडिने छन्। अहिले चीनको सिगात्सेदेखि केरुङसम्मको प्रशारणलाइनको क्षमता विश्लेषण, चीन र नेपालतर्फको प्रशारणलाइनको क्षमता विश्लेषण नेपाल आफैले गरिरहेको छ। फागुनभित्रमा चीनले पनि लोड फ्लो विश्लेषण गरेर दिइसक्ने जानकारी गराएको आयोजना प्रमुख आत्रेयले बताए।

लोड फ्लो अध्ययन आएपछि जति क्षमता बहन गर्न सक्ने देखिन्छ, त्यहिअनुसारका ट्रान्सफर्मर राख्ने, सबस्टेशन राख्ने, विभिन्न उपकरणहरु जोड्नेजस्ता कामका लागि जोइन्ट डिपिआर तयार पारिनेछ।

चीनसँगको विद्युत् व्यापारमा ब्रेक थ्रू
चीनसँग जोडिएर बन्न लागेको यो पहिलो अन्तरदेशीय प्रशारणलाइन हो। गल्छी–रसुवागडी–केरुङ अन्तरदेशीय प्रशारणलाइन बने पनि नेपाल र चीनमात्र नभइ अरु दक्षिण एसियाली क्षेत्रीय मुलुकसँगको विद्युत् व्यापारका लागि पनि बाटो खुल्नेछ।

nimb
nimb
Ncell 2
Ncell 2

यो प्रशाराणलाइन ‘नेपाल–चीन र अरु क्षेत्रीय देशमा विद्युत् व्यापारका लागि प्रयोग गर्ने सहमति भइसकेको छ। ‘यो अन्तरदेशीय प्रशारणलाईनमार्फत आयात–निर्यातका लागि चीनले मान्यता दिएको छ। हाम्रोबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) त भइसकेको छैन। तर प्रशारणलाइनको निर्माण विद्युत् व्यापारका लागि हो भन्ने कुरा प्रस्ट भइसकेको छ,’ आत्रेयले नेपाल लाइभसँग भने।

आयोजना निर्माणलाई दुवै देशले प्राथमिकतामा राखेको भएपनि त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भने अझै बनिसकेको छैन। आत्रेयका अनुसार दुवै देशले आ–आफूले तयार गरेको सम्भाव्यता अध्ययन गर्ने र त्यसैका आधारमा डिपिआर बनाउने तयारी छ। ‘डिपिआर बनाउनका लागि पनि लोड फ्लो स्टडी आवश्यक थियो। दुवै मुलुकबाट भएको सम्भाव्यता अध्ययनलाई एकैठाउँमा राखेर डिपिआर बनाउने भनेर पनि हामीले सहमति गरिसकेको छौं,’ उनले भने।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन पनि स्वीकृत भइसकेको छैन। ‘इआइएको अन्तिम स्वीकृतीका लागि हामीले वन मन्त्रालयसँग अनुमति मागिरहेको छौं। वन मन्त्रालयले राष्ट्रिय निकुञ्जलाई रायका लागि लेखि पठाएकोमा निकुञ्जले स्वीकृत गरिसकेको छ। तर मन्त्रालयबाट स्वीकृत आउन बाँकी छ,’ आत्रेयले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालका क्रममा भएको चीन भ्रमणका बेला चीनको स्टेट ग्रीड कर्पोरेसन र नेपाल विद्युत् प्राधिककरणबीच उक्त आयोजनाको ‘आयोजना विकास साझेदारी’ (पिडिए) सम्झौता भएको थियो। यो आयोजनाको प्रस्ताव चिनीयाँ महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ)भित्रै रहने गरी गरिएको हो।

२०१७ मे १२ मा बिआरआई सहकार्यका लागि नेपाल र चीनबीच सम्झौतापत्रमा हस्ताक्षर (एमओयु) भएको थियो। उक्त एमओयुअनुसार गल्छी–रसुवागडी–केरुङ अन्तरदेशीय प्रशारणलाइन पनि सोही परियोजनाअन्तर्गत रहेर निर्माण गर्ने भनिएको छ। तर बिआरआई अन्तर्गतका आयोजनाको मोडालिटी टुंगो लाग्न नसकेपछि यो आयोजनामा पनि अलमल देखिँदै आएको छ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलफूल पसल सञ्चालकको कोठामा ८१ लाख रूपैयाँ फेला
पत्रकार श्रेष्ठलाई म्याद थप गर्ने तयारी
सिन्धुपाल्चोकमा टिपर पल्टिँदा एक जनाको मृत्यु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फलफूल पसल सञ्चालकको कोठामा ८१ लाख रूपैयाँ फेला बिहीबार, साउन २८, २०८३
पत्रकार श्रेष्ठलाई म्याद थप गर्ने तयारी बिहीबार, साउन २८, २०८३
सिन्धुपाल्चोकमा टिपर पल्टिँदा एक जनाको मृत्यु बिहीबार, साउन २८, २०८३
राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्रीलाई बुझायो वार्षिक प्रतिवेद बिहीबार, साउन २८, २०८३
प्रचण्ड भन्छन्– राज्यले पत्रकार श्रेष्ठमाथि धरपकड गर्‍यो बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
कांग्रेस राजनीतिमा नयाँ ट्विस्टः शेखर–शशांक एकअर्कालाई सभापति ‘मान्न तयार’ बुधबार, साउन २७, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्