• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

त्रिभुवन विमानस्थल स्तरोन्नति : चिनियाँ कम्पनीसँग सम्झौता, ३ वर्षमा काम सक्नु पर्ने

४ वर्षे योजना ११ वर्षमा पुग्दा लागत ३ अर्बले बढ्यो
64x64
नेपाल लाइभ शुक्रबार, माघ १०, २०७६  १८:३७
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि चिनियाँ कम्पनीसँग सम्झौता भएको छ।   

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई क्षमता वृद्धि आयोजना र चिनियाँ निर्माण कम्पनी ‘चाइना नेसनल एक्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन’ बीच ३ वर्षभित्र काम सक्नुपर्ने गरी सम्झौता भएको हो।

आयोजना प्रमुख मुराहरी भन्डारीले चिनियाँ कम्पनीसँग जनवरी २० मा सम्झौता भएको जानकारी दिए। 

आयोजनाले जनवरी १ मा कम्पनीसँग सम्झौताका लागि दाबी विरोधको कुनै उजुरी भए पेस गर्न ७ दिने सूचना प्रकाशन गरेको थियो। उक्त समयमा कुनै पनि उजुरी नपरेपछि चिनियाँ कम्पनीसँग आयोजना कार्यालयले सम्झौता गरेको उनको भनाइ छ।

सबैभन्दा अप्ठ्यारो मानिएको ट्याक्सी वे र अन्तर्राष्ट्रिय एप्रोन निर्माणको काम प्राधिकरणले चिनियाँ कम्पनीलाई सुम्पिएको हो।

सन् २०१२ मार्चमा विमानस्थल स्तरोन्नतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कामको जिम्मा स्पेनिस कम्पनी सान्जोसेलाई दिएको थियो। तर, सान्जोसेले समयमा काम सम्पन्न नगरेपछि २०७३ मंसिर २४ गते ठेक्का रद्द गरेको थियो। त्यसको ३ वर्षपछि उक्त कामका लागि प्राधिकरणले चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरेको हो।

सुरुको सम्झौतामा ४ वर्षमा विमानस्थल स्तरोन्नतिको काम सक्ने उल्लेख थियो। स्पेनिस कम्पनीले २०१२ को  सम्झौताअनुसार गरेको भए २०१६ मार्चमा यो काम सकिने थियो। अब सोही काम चिनियाँ कम्पनीले समयमै गरेको अवस्थामा ११ वर्ष लाग्ने भएको छ।

आयोजना कार्यालयले करसहित ६ अर्ब ९२ करोड ७१ लाख ८९ हजार १ सय २४ रुपैयाँ ठेक्का सम्झौताको गरेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त कामका लागि भएको अन्तर्राष्ट्रिय ग्लोबल टेन्डरमा आवदेन दिएकामध्ये चाइना नेसनल एक्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसन र पोखरा विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनी प्राविधिक रुपमा सक्षम ठहर भएका थिए। 

तर, टेन्डरमा आवेदन दिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनी भने प्राविधिक रुपमै असक्षम भएको ठहर भएको थियो। त्यसपछि उक्त कम्पनीको उजुरीका कारण झन्डै ३ महिनासम्म टेण्डर प्रक्रिया रोकिएको थियो।

आयोजनाले निर्माणका लागि सम्झौता गर्न लागेको चाइना नेसनल एक्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले केही समय अगाडिमात्रै तोकिएको समयभन्दा पाँच महिनाअगाडि नै रन–वे र ट्याक्सी–वेको पिच परिर्वतनको काम सम्पन्न गरेको थियो।

विमानस्थल स्तरोन्नतिको काममा एसियाली विकास बैंक (एडीबी)को लगानी थियो। तर, एडीबीले एक वर्षअगाडि नै विमानस्थल स्तरोन्नतिको कामबाट हात झिकिसकेको छ। त्यसपछि प्राधिकरणले आफ्नै लगानीमा स्तरोन्नतिको काम अगाडि बढाउने निर्णय गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्पेनीस कम्पनी सान्जोसे र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सन् २०१२ मार्चमा विमानस्थल स्तरोन्नतिका लागि सम्झौता भएको थियो। उक्त सम्झौतामा सन् २०१६ मार्चमा काम सकिनुपर्ने उल्लेख थियो। तर, सान्जोसेले निर्धारित समयमा १७ प्रतिशतमात्र काम गरेको भन्दै प्राधिकरणले मुख्य लगानीकर्ता एडीबी र सरोकारवाला निकायको सहमतिमा सम्झौता रद्द गरेको थियो। त्यसपछि प्राधिकरणले २०७३ मंसिर २४ मा सान्जोसेसँग ठेक्का रद्द गरेको थियो। 

त्यससँगै प्राधिकरणले विमानस्थल स्तरोन्नति परियोजनाको काम नयाँ मोडलमा गर्ने गरी प्रक्रिया थालनी गरेको थियो। तर, ठेक्का सम्झौता भएको ३ वर्षसम्म पनि स्तरोन्नतिको काम सम्पन्न हुन सकेको छैन। प्राधिकरणले सान्जोसेसँग ठेक्का रद्द गरेसँगै विमानस्थल स्तरोन्नति एउटै कम्पनीबाट गर्न सम्भव नभएको भन्दै कामलाई ४ तहमा वर्गीकरण गरेको थियो।

प्राधिकरणले एनसीबी १, एनसीबी २, एनसबी ३ र एनसीबी ४ भन्दै कामको वर्गीकरण गरेको थियो। जसमा एनसीबी १ मा रन वे विस्तार, एनसीबी २ अन्तर्गत इन्टरनेसनल टर्मिनल भवन विस्तार, एनसिबी ३ अन्तर्गत खानेपानी आपूर्ति, फोहोर व्यवस्थापन, जेनेरेटर हाउस, पावर हाउसलगायत काम र एनसीबी ४ अन्तर्गत सबैभन्दा गाह्रो काम अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सी–वे निर्माणको काम थियो। 

प्राधिकरणले ठेक्का रद्द भएको एक वर्षपछि एनसीबी १, २ र ३ को काम थालनी गरे पनि एनसीबी ४ अन्तर्गतको काम भने अझै सुरु गर्न सकेको थिएन। अब चिनियाँ कम्पनीसँग सम्झौता भएपछि पनि यो काम सम्पन्न हुन ३ वर्षको समय लाग्ने  भएको छ।

सान्जोसेले पहिलो चरणमा विमानस्थलको हवाई पूर्वाधार निर्माण, धावनमार्ग तीन सय मिटर विस्तार, अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सी वे, ढल निकास, पावर सप्लाइ र जनेरेटर, एयरफोर्स लाइट सिस्टम, फोहोर प्रशोधन केन्द्र, जहाजबाट आउने फोहोर व्यवस्थापनको काम र दमकल उपलब्ध गराउने लगायत थियो।

तर, यस अवधिमा कम्पनीले दमकल ल्याउनेबाहेक खासै काम गरेको थिएन। सान्जोसेले पहिलो समूहअन्तर्गत रहेको काममा कुल १६.५३ प्रतिशतमात्र गरेको थियो। यसैगरी दोस्रो तहको काममा अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवन, जेनेरेटर हाउस, पम्प हाउस र बत्तीको सवस्टेशन निर्माणमा ११.४ प्रतिशतमात्र प्रगति हासिल गरेको थियो। 

तेस्रो चरणको काममा निर्माण कम्पनीले केही काम गरेको थियो। यसमा सिमिकोट र रारा विमानस्थलका लागि आवश्यक जलवायु मापनसम्बन्धी उपकरण उपलब्ध गराउने भन्ने सम्झौता भएको थियो। निर्माण कम्पनीले सामान खरिद गरे पनि हस्तान्तरण भने गरिसकेको थिएन। निर्माण कम्पनीको ठेक्का रद्द हुँदासम्म आर्थिक रूपमा १६.५५ प्रतिशतमात्र काम भएको प्राधिकरणको निष्कर्ष थियो।

 प्राधिकरणले तयार पारेको प्रतिवेदनमा पहिलो चरणमा १६.३६, दोस्रो चरणमा ८.०१ र तेस्रो चरणमा ४८.८० प्रतिशत काम सम्पन्न भएको छ। तर, निर्माण सम्झौता हुँदा नै ३० प्रतिशत काम नभएसम्म दोस्रो रकम लिन नपाउने व्यवस्था हुँदा कम्पनीले रकम लिएको थिएन। सान्जोसेले ६ तहमा एक अर्ब ६५ करोड ८२ लाख ३३ हजार नौ सय ३८ रुपैयाँ धरौटी राख्दै त्यति नै रकम लिएको थियो। तर, ठेक्का रद्द भएसँगै निर्माण कम्पनीले दाखिला गरेको रकम प्राधिकरणको खातामा आइसकेको छ।

 अहिले सान्जोसे र प्राधिकरणको मुद्दा अन्तर्राष्ट्रिय अदालत सिंगापुरमा चलिरहेको छ। ठेक्कामा असहमति जनाउँदै प्राधिकरण र सान्जोसेको सहमतिमा नेपाल काउन्सिल अफ आरबिटेसन (नेपाल मध्यस्थ परिषद्को) विवाद समाधान समिति (डिस्प्युट बोर्ड) मा उजुरी दर्ता गराइएको थियो। बोर्डमा दुवै पक्षले २०१७ जुनमा उजुरी दर्ता गराएका थिए। त्यसउपर बोर्डले २०७४ पुसमा प्राधिकरणको पक्षमा निर्णय सुनाएको थियो। बोर्ड निर्णय चितबुझ्दो नरहेको भन्दै सान्जोसे सिंगापुरको अन्तर्राष्ट्रिय अदालत पुगेको थियो। बोर्डले प्राधिकरणको दाबी सत्य रहेको भन्दै फैसला गरेको थियो। बोर्डमा दुवै पक्षले गत जुनमा निर्माण ठेक्का सम्झौता रद्द हुँदा आफूलाई भएको क्षति दाबी गर्दै उजुरी दर्ता गराएका थिए।

प्राधिकरणले विमानस्थल स्तरोन्नतिको काममा सान्जोसेको लापरवाहीका कारण देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको समय लम्बिएको र लागतमा समेत आफूहरूलाई क्षति पुगेको दाबीसहित उजुरी गरेको थियो। बोर्डमा सान्जोसेले पनि नेपाल सरकार र प्राधिकरणका कारण आफूले काम गर्न नसकेको दाबीसहित क्षतिपूर्ति पाउनुपर्ने भन्दै उजुरी गरेको थियो। 

नजिकैको पशुपति क्षेत्रबाट माटो ल्याएर विमानस्थल स्तरोन्नति गर्न नपाएको भन्दै सान्जोसे कामबाट पछाडि हटेको थियो।

६ अर्बको प्रोजेक्ट पुग्यो ९ अर्ब
विमानस्थल स्तरोन्नतिका लागि सन् २०१२ मा स्पेनिसी कम्पनीसँग सरकार ६ अर्ब १० करोड रुपैयाँमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो।

सम्झौतामा पार्किङ वे, ट्याक्सी वे, टर्मिनल भवन, तीन सय मिटर धावन मार्ग विस्तारको जिम्मा लिएको थियो । तीन वर्षपछि भएको नयाँ प्रक्रियाबाट ठेक्का गर्दा ५० प्रतिशत लागत थप भएको छ।  अहिले पार्किङतर्फको मात्रै आयोजनामा ६ अर्ब ९२ करोड रुपैयाँमा चिनियाँ कम्पनीलाई ठेक्का दिइएको हो । 

एनसिबी–१ अन्तर्गत ९२ करोड रुपैयाँमा तीन सय मिटर धावन निर्माणको जिम्मा कालिका र तुँदी कन्स्ट्रक्सनले पाएको छ। दुई वर्षभित्र सम्पन्न गर्ने गरी एक वर्षअगाडिदेखि नै काम सुरु भइसकेको छ । त्यस्तैगरी गरी अन्तर्राष्ट्रिय टर्मिनल भवनतर्फको कामको जिम्मा शर्मा, प्रेररा र आशिष कम्पनी (जेभी) ले पाएको छ । एनसिबी–२ अन्तर्गतको उक्त ठेक्का ८० करोड रुपैयाँको हो । त्यस्तै, एनसिबी–३ अन्तर्गत ढल, निर्माण, खानेपानीलगायतका सुविधा विस्तारका लागि आशिष र प्रेररा कम्पनी (जेभी) ले १८ करोड रुपैयाँमा पाएको छ ।  स्पेनी कम्पनी एक्लैले ६ अर्ब १० करोडमा लिएको काम टुक्र्याएर विभिन्न ठेकेदारलाई दिँदा ९ अर्ब ७ करोड रुपैयाँ लागत पुगेको छ । यो रकम विगतभन्दा २ अर्ब ९७ करोड रुपैयाँ लागत बढी हो ।
 

याे पनि

त्रिभुवन विमानस्थल स्तरोन्नति : चिनियाँ कम्पनीसँग सम्झौता गर्ने बाटो खुल्यो

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्