• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सिनेटमा ट्रम्पमाथि कसरी लगाइन्छ महाअभियोग?

64x64
नेपाल लाइभ शुक्रबार, माघ १०, २०७६  ०६:३०
1140x725

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगको सामना गरिरहेका छन् । शक्तिको दुरूपयोग गरेको आरोपमा उनीविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरिएको हो । 

अमेरिकी राष्ट्रपतिको इतिहासमा यसअघि नै अन्य २ जना राष्ट्रपतिले महाअभियोगको सामना गरिसकेका छन्। सन् १८६८ मा एन्ड्रयु जोनसोन र सन् १९९८ मा बिल क्लिन्टनले महाअभियोगको सामना गर्नुपरेको थियो।

बिल क्लिन्टन र एन्ड्र्यु जोनसोन

उच्च सरकारी ओहोदाका व्यक्तिहरूले आफ्नो पदको दुरुपयोग गरेमा संसद्‍बाट लगाइएको अभियोग नै महाअभियोग हो। त्यस्ता अभियोगमा देशद्रोह गरेको, भ्रष्ट्राचार र देशका लागि अहित हुने अपराधगरे महाअभियोग लगाउने कानुनी व्यवस्था गरिएको हुन्छ।

सम्बन्धित देशको कानुन अनुसार सांसदहरूको निश्चित संख्याले महाअभियोग प्रस्ताव पारित गरे महाअभियोग लागेको मानिन्छ। 

आरोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दुईवटा आरोप लागेका छन्। आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा पुनः निर्वाचित गराउन युक्रेन सरकारसँग सहयोग मागेको आरोप ट्रम्पलाई लगाइएको छ । 

आगामी राष्ट्रपति चुनावलाई मध्यनजर गर्दै आफ्ना विपक्षी डेमोक्रेटिक पार्टीका संम्भावित उम्मेदवार जोए बाइडन र उनका छोराविरुद्ध भ्रष्ट्राचार आरोपमा‍ अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दबाव दिएका थिए।

डेमोक्रेटिक पार्टीका सांसदले ट्रम्पले आफ्नो राजनीतिक फाइदाका लागि युक्रेनलाई दिइने ३१.९ करोड डलरको सैन्य सहयोग रोकिदिएका थिए । त्यस्तै ट्रम्पमाथि सत्ताको दुरूपयोग र संसदको काममा बाधा पुर्‍याएको आरोप पनि लागेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर ट्रम्पले भने आफूमाथि लगाइएका आरोपको सुरूदेखि उनले खण्डन गर्दै आएका छन्। ती सबै आरोप ‘अफवाह’मात्र भएको ट्रम्प बताउँदै आएका छन्। 


यस्तो थियो प्रक्रिया
सन् २०१९ को अगस्टमा राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिजस्तो गरिमामय पदको दुरुपयोग गरेको आरोप लाग्यो। सोही वर्षको अक्टुबरदेखि डिसेम्बर महिनासम्म संसद्को तल्लो सदनमा सुनुवाईसँगै उनीमाथि लागेका आरोपमा अनुसन्धान सुरु भयो।

तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ’मा डेमोक्र्याटहरुको पकड रहेकाले उनीमाथि लगाइएको महाअभियोग  पारित भएको थियो। गत १९ डिसेम्बरमा तल्लो सदनबाट महाअभियोगको प्रस्ताव पारित भएको थियो। 

त्यसपछि  महाअभियोग प्रस्ताव संसद्‍को माथिल्लो सदन सिनेटमा पुग्यो। सिनेटमा ट्रम्पको पार्टी रिपब्लिकनहरूको पकड छ।

Xtrem

Xtrem

अब के हुन्छ ? 
राष्ट्रपतिमाथि लागेको महाअभियोगको प्रस्तावका विषयमा अमेरिकी संविधानले यसै हुन्छ भन्न स्पष्ट किटान गरेको छैन। तर सन् १८६८ मा एन्ड्रयु जोनसोनमाथि लागेको महाअभियोगका आधारमा केही नजिर भने बसेका छन्।

महाअभियोग चलिरहेका बेला सिनेटका सदस्यहरू राजनीतिमा आबद्ध भएपनि  ‘ज्युरी मेम्बर’का रूपमा रहने व्यवस्था छ। 

महाअभियोगको प्रस्ताव अघि बढाउन दुई व्यक्ति चुनिएको छ। माथिल्लो सदन सिनेटका रिपब्लिकन पार्टीका नेता मिच म्याककोनल र डेमोक्रेटिकका नेता चक सुमर।

म्याककोनल महाअभियोगको प्रस्तावबाट ट्रम्पलाई सफाइ दिने बाटो खोजिरहेका छन्। उनले दुवै पक्षलाई आफ्नो बयान पेस गर्न २४ घण्टा समय दिनुपर्ने माग राखेका छन्।

उता, सुमरले भने म्याककोनलले ट्रम्पविरुद्धका प्रमाण लुकाउन खोजेको आरोप लगाएका छन्। उनी भन्छन्,‘अमेरिकी नागरिकले वास्तविकता थाहा पाइहाल्छन् नै।’

ट्रम्पमाथिको महाअभियोग छानबिन गर्ने कमिटिका सदस्यहरुका  लागि छुट्टै आचारसंहिता पनि जारी गरिएको छ। आचारसंहिताअनुसार  उनीहरुले  महाअभियोग चलिरहेका बेला कुनै पनि ट्विट गर्न पाउने छैनन्।

महाअभियोग सुरू भएपछि कुनैपनि सिनेटरहरूलाई एकआपसमा बहस गर्न समेत प्रतिबन्ध लगाउने आचारसंहिता बनेको छ। 

सिनेटरहरूले दुवैतर्फका बयान सुन्नुपर्ने छ। त्यसपछिमात्र जनमतका आधारमा सो विषय टुङ्गो लगाइन्छ। महाअभियोग प्रस्ताव पारित हुन १ सय सिनेटरहरूमध्ये दुई तिहाइ भोटको आवश्यकता हुन्छ। यदि त्यसो भएन भने महाअभियोगको प्रक्रिया स्वतः रद्द हुन्छ। तर, सिनेटमा ४७ डेमोक्र्याट्स छन् भने ५३ रिपब्लिकन छन्। सिनेटबाट महाअभियोग प्रस्ताव पारित भएको खण्डमा उनी राष्ट्रपतिबाट स्वतः निलम्बित हुनेछन् भने उनको ठाउँमा उपराष्ट्रपति माइक पेन्सले कार्यभार सम्हाल्नुपर्ने अवस्था बन्छ। 

को हुन् मुख्य खेलाडी ? 
महाअभियोग प्रक्रिया निष्पक्ष ढङ्गले संचालन गर्न सिनेटका प्रत्येक सदस्यले सपथ लिएका छन्। तर, महाअभियोग व्यवस्थापन गर्न बनाइएको टिमका एक जना सदस्य म्याककोनेलले गत महिनामात्र आफू निष्पक्ष हुन नसक्ने प्रतिक्रिया दिएका छन्।

यसका साथै उनको पार्टीले एक आपसमा हातेमालो गर्दै अघि बढ्ने भएको समेत उनको प्रतिक्रया थियो। ‘मैले जे गरिरहेको छु त्यो सबै अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको सल्लाहमा नै गरिरहेको छु,’ अमेरिकी संचार संस्था ‘फक्स न्युज’सँग उनले भनेका छन्। 

सिनेटका १ सय जना सबैले यो विषयमा  ‘जज र ज्युरी’का रुपमा काम गर्न पाउने भएपनि म्याककोनेलको पछिल्लो अभिव्यक्ति आएपछि महाअभियोग प्रस्तवाका विषमया हुने प्रक्रियाको अध्यक्षता गर्न नपाउने भएका छन्।

यो जिम्मेवारी अब अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायधीश जोन रोबर्टसको काँधमा गएको छ। रोबर्टसले पूर्वनिर्धारित नियमअनुसार महाअभियोग प्रक्रिया संचालन भएरनभएको मात्र निरीक्षण गर्नेछन्। 

महाअभियोग प्रस्तवा व्यवस्थापन गर्न एउटा टिम बनाइएको छ। सो टिममा ७ जना डेमोक्रेटिकका नेताहरू छन् भने महाअभियोगको विपक्षमा रहेकाहरूबाट टिममा प्रतिनिधित्व गर्नेको नामावली निर्धारण भईसकेको छैन।

सो टिमले महाअभियोगको मुद्दा सिनेटमा पेस गर्नेछ। उक्त टिममा ‘इन्टेलिजेन्स कमिटी’का प्रमुख आदम सिफ र ‘ज्युडिस्यरी कमिटी’का प्रमुख जेरी नाड्लरसमेत रहने बताइएको छ।

उनीहरू दुवैले ट्रम्पको विपक्षमा आफ्नो धारणा प्रस्तुत गर्ने आँकलन गरिएको छ। राष्ट्रपति ट्रम्पका तर्फबाटराष्ट्रपति बिल क्लिन्टनमाथि लागेको महाअभियोगमा वादीका रुपमा प्रस्तुत भएका केन स्टार र रोबर्ट राय रहने बताइएको छ। 

ट्रम्प प्रमाण जुटाउन सफल होलान्?
उनी आफैंले पनि सिनेटमा आफ्नो पक्षमा वकालत गर्न सक्ने प्रावधान छ। तर‚ उनको पक्षमा उनले नभएर उनका वकिलद्वय सिपोलोनी र सेकुलोले उनका पक्षबाट वकालत गर्नेछन्। 

यदि उक्त महाअभियोगमा कुनै पनि किसिमका साक्षी तथा प्रमाण जुटेनन् भने पनि रिपब्लिकन पार्टीले चाहेको खण्डमा यो महाअभियोगलाई छोट्याउन सक्नेछ।

सिनेटमा साक्षी प्रस्तुत गर्ने वा नगर्ने भन्ने विषयमा सिनेटका आधाभन्दा बढी सदस्यको मतले निर्धारण गर्नेछ।

अमेरिकी सिनेटमा १०० सदस्य भएकाले ५१ भोटले यसको निर्धारण गर्नेछ। जसमध्ये ५३ सदस्य रिपब्लिकन पार्टीका रहेका छन्। यसमा पनि रिपब्लिकन पार्टीको बहुमत भएकाले यो महाअभियोग ट्रम्पकै पक्षमा आउने देखिएको छ।

यदि साक्षी बोलाउनुपर्ने अवस्था आएमा साक्षीलाई सिनेटमै उपस्थित गराउनुपर्ने जरुरी हुँदैन। कानुनविद्हरूको टिमले साक्षीसँग टिभी फुटेजमा पनि अन्तर्वार्ता लिन सक्नेछन्। 

बिल क्लिन्टनको महाअभियोग चलिरहँदा पनि कुनै पनि साक्षीलाई सिनेटमा उपस्थित गराइएको थिएन। ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूसहित भूतपूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको पनि यस विषयमा बयान लिइयोस् भन्ने डेमोक्रेटिक पार्टीले चाहेको छ।

कहिले सकिन्छ महाअभियोगको सबै प्रक्रिया?
ह्वाइटहाउसले सिनेटमा महाअभियोगका बारेमा अन्तिम निर्णय प्रस्तुत गरिसकेपछि महाअभियोगको सम्पूर्ण प्रक्रिया ‍औपचारिक रुपमा पूरा हुन्छ। 

यस महाअभियोगबारे अन्तिम निर्णय नआउन्जेल सम्पूर्ण सिनेटका सदस्यहरू आइतबार बाहेक अरु सबै दिन सिनेटमा अनिवार्य रुपमा उपस्थित हुनैपर्ने प्रावधान रहेको छ।

कानुनी रुपमा महाअभियोग १ हप्तामा सकिनुपर्ने हो। तर‚ बिल क्लिन्टनको महाअभियोग सकिनलाई झण्डै एक महिना लागेको थियो।

डेमोक्रेटिक पार्टीका अनुसार यही फेब्रुअरीभित्रै महाअभियोगको सबै प्रक्रिया पूरा हुनेछ। महाअभियोगबाट कति रकम खर्च हुनेछ भन्ने विषयमा यसको प्रक्रिया सक्न कति समय लाग्नेछ भन्ने कुराले निर्धारण गर्छ।

यसबाट करोडौं रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

(यो सामग्री एजेन्सीको सहयोगमा प्रदीप खद्योतले तयार  पारेका हुन्।)

  

  

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज
सम्बन्धित सामग्री
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना उनले प्रधानमन्त्री कार्यालयबाट एक सूचना जारी गरेर दसैँको शुभकामना दिएका हुन् । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्