काठमाडौं- सनराइज बैंकले सिर्जना फाइनान्सलाई किन्ने भएको छ।
सम्पत्ति तथा मूल्याङ्कन 'डिडिए'पछि स्वाप रेसियो काम हुने गरि बुधबार दुवैका अध्यक्षबीचमा सम्झौता भएको हो। हाल बैंकले आफ्नो कार्यक्षेत्र विस्तार गर्न उक्त सम्झौता गरेको हो।
हाल सिर्जना फाइनान्सको चुक्ता पुँजी ५० करोड ४० लाख रुपैयाँ छ।
आगामी हुने वार्षिक साधारणसभामा चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ।
बोनस सेयरपछि चुक्त पुँजी ५७ करोड ७८ लाख रुपैयाँ कायम हुनेछ।
बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ छ। प्राप्तीपछि बैंकको पुँजी थप बढ्नेछ।
फाइनान्सको तर्फबाट बैंकमा ७ अर्ब ५४ करोड रुपैयाँ निक्षेप थपिनेछ।
प्राप्तीपछि निक्षेप संकलन ९२ अर्ब नाघ्नेछ। त्यस्तै कर्जा लगानीतर्फ ५ अर्ब ५५ करोड रुपैयाँ जोडिनेछ।
यसले बैंकलाई केही सिनर्जी प्रदान गर्नेछ। हाल बैंकको शाखा कार्यालय १३० वटा छन् भने सिर्जनाको २१ वटा रहेको छ।
प्राप्तीपछि बैंकको शाखा कार्यालय १५१ वटा रहेको छ। फाइनान्सको मुख्य कार्यालय विराटनगरमा रहेको छ। तीन जिल्लामा कार्यक्षेत्र रहेको फाइनान्सको खराव कर्जा १.६५ प्रतिशत छ।
हाल फाइनान्सको प्रतिशेयर आम्दानी भने जम्मा दुई रुपैयाँ मात्रै छ।
यसले गर्दा सिर्जना फाइनान्सका शेयरधनीहरुलाई थप फाइदा पुग्नेछ। १५ प्रतिशत बोनस शेयर तथा मर्जरमा जाने हल्लाले फाइनान्सको दोस्रो बजारमा २१० रुपैयाँमा कारोबार भैरहेको छ।
बिहीबारदेखि फाइनान्सको शेयर दोस्रो बजारमा कारोबार रोक्का हुनेछ।
नेपाल राष्ट्र बैंकले निर्देशन गरे अनुसारको पूँजी बढाउदा संस्थाको प्रतिशेयर आम्दानीमा दवाव शिर्जना भएको थियो।
उक्त दबाबले पनि फाइनान्स मर्जरका लागि तयार भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।