काठमाडौं- सिजी इलेक्टोनिक्सअन्तर्गत संचालित एलजी इलेक्टोनिक्सले देशका विभिन्न रोड शो कार्यक्रम संचालन गरिरहेको छ।
कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा रोड शोका कार्यक्रम जारी रहेको जानकारी दिएको हो।
शोमा एलजी काइनोभेटिभ प्रोडक्ट प्रदर्शन हुने गरेको छ। रोड सो कार्यक्रममा मूख्य आकर्षकको रुपमा टिभी, वासिङ मेसिन र एसी रहेका छन्।
दमौली, पोखरा, वालिङ, पाल्पा, तानसेन, बुटवल, सुदुरपश्चिमका सम्पूर्ण जिल्ला हुँदै बुधबार कावासोतीमा रोड शो कार्यक्रम सम्पन्न भएको हो।
बिहिबार नारायणगढमा शो कार्यक्रम रहेकोसमेत जानकारी कम्पनीले दिएको छ।
सिजीका प्रोडक्ट र टेक्नोलोजीका विशेषताबारे ग्राहकलाई जानकारी दिने उद्देश्यका कार्यक्रमको सञ्चालन गरेको रोड सो कार्यक्रम संयोजक भोगेन्द्र चोधरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।