काठमाडौं- सुनको भाउ घटेको छ। बुधबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार नेपाली बजारमा सुन तोलाको ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँ सस्तो भएको छ। चाँदी तोलाको ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।