काठमाडौं- नेपाल धितोपत्र बोर्डले रिक्त विज्ञ सञ्चालकमा अशोककुमार पौडेललाई नियुक्त गरेको छ। विज्ञ सदस्यको रुपमा रहेका भीष्म ढुंगाना अध्यक्ष भए पनि सो पदमा पौडेललाई ल्याइएको हो। स्रोतका अनुसार अर्थमन्त्री डा युवराज खतिवडाको सिफारिसमा उनी बोर्डको विज्ञ सञ्चालकमा नियुक्त भएका हुन्।
पौडेललाई खतिवडाले नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनाउन चाहेका थिए। तर शंकरकुमार रायमाझीले बाजी मारे। नेपाल राष्ट्र बैंकबाट अवकास प्राप्त पौडेललाई पुनर्बिमाको सिइओ बनाउन नसकेपछि खतिवडाले नेपाल धितोपत्र बोर्डको विज्ञ सञ्चालकको रुपमा भित्र्याएका हुन्।
बोर्डको मंगलबारै बसेको सञ्चालक समितिको बैठकले उनलाई विज्ञ सञ्चालक पदमा नियुक्त गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।