काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापनाको अवसर पारेर बैशाख ९ गते पार्टी एकता गर्ने तयारी गरेका छन्। पार्टी एकता संयोजन समितिको आजको बैठमा राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलले आ-आफ्नो प्रतिवेदन बुझाएका थिए। प्रतिवेदनमाथि छलफल गर्दै नेताहरुले बैशाख ९ मा पार्टी एकता घोषणा गर्ने प्रयास गर्ने बताएका हुन्।
प्रतिवेदन बुझाएसँगै आजबाट कार्यदल भंग गरिएको छ। प्रतिवेदनमा मिल्न बाँकी विवादका विषय २२ गते बस्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाउने समझदारी भएको छ। 'दुवै अध्यक्षहरु सकारात्मक हुनुभयो', बैठकमा सहभागी माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, '२२ गते पुन: बैठक बसेर थप छलफल गरिनेछ।' दुवै पार्टीबीच जनयुद्ध, पार्टीको केन्द्रीय तहमा बराबरी हैसियत र चुनाव चिह्नबारे विवाद छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।