• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अग्निको काँधमा एमसिसीको भविष्य

64x64
रामकुमार डिसी मंगलबार, माघ ७, २०७६  १२:२८
1140x725

काठमाडौं- एक महिना लामो रस्साकस्सीपछि आइतबार सत्ताधारी दल नेकपा अग्नि सापकोटालाई सभामुखको उम्मदेवार बनाउने निर्णयमा पुग्यो। उनी औपचारिक रुपमा सभामुखको उम्मेदवार बनिसकेका छैनन्। पार्टीले निर्णय गरिसकेको र बहुमत रहेकाले सापकोटा सभामुख हुनेमा द्विविधा भने देखिँदैन।

सभामुख चयनको विषय सत्ताधारी दलका दुई गुट बीचको शक्ति संघर्षको रुपमा देखिए पनि यसमा मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) समेत जोडिएको छ नै। सापकोटा नेकपा भित्रको जुन गुटबाट उम्मेदवारको रुपमा अगाडि सारिए सो गुट एमसिसीप्रति अनुदार छ। त्यसैले सापकोटा सभामुखको उम्मेदवार बन्ने निश्चित भएसँगै एमसिसीको भविष्यप्रति शंका बढाएको छ।सभामुख छनोटको सकसबाट नेकपाले मुक्ति पाए पनि अमेरिकी सहयोग निकाय एमसिसीको अनुदान सम्झौताको अनुमोदन गर्ने विषयको गाँठो भने फुकेको देखिएन। 

एमसिसीबारे नेकपाभित्र प्रष्ट दुई धार छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनको पक्षका नेताहरु एमसिसी अनुमोदनको पक्षमा छन्। उनी समर्थक नेता तथा मन्त्रीहरु एमसिसीको पक्षमा माहोल बनाउन कस्सिएर लागेका छन्। 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार मात्रै नेकपाका राष्ट्रिय सभा सदस्यहरुलाई एमसिसीका पक्षमा पार्न ल्याउन ‘ब्रिफिङ’ गरेका थिए। एमसिसी देशहित विपरीत नभएको भन्दै ज्ञवालीले संसदबाट अनुमोदन हुने दृढता व्यक्त गरेका थिए। 

तर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसहतिका पूर्वमाओवादी र पूर्वएमालेका ओली विरोधी नेताहरु एमसिसी अनुमोदनको विपक्षमा छन्। सभामुखमा सिफारिस भएका सापकोटा दाहाल पक्षधर हुन्।

सचिवालयबाट एमसिसी अनुमोदन गराउन ओली पक्षलाई सहज देखिँदैन। ९ सदस्यीय सचिवालयमा बहुमत सदस्य एमसिसी अहिलेकै स्वरुपमा अनुमोदन गर्न नहुने पक्षमा छन्। सचिवालयमा महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेल मात्रै ओलीको पक्षमा देखिएका छन्। दाहालको पक्षमा झलनाथ खनाल र माधव नेपाल छन्। वामदेव गौतम, रामबहादुर थापा र नारायणकाजी मौन छन्। 

सभामुखले नचाहे संसदबाट एमसिसी पास हुन सम्भव छैन। बलात्कारको अभियोगमा जेल परेका तत्कालीन सभामुख कृष्णबहादुर महराले एससिसी पारित गर्न असयोग गरेको आरोप प्रधानमन्त्री ओली आफैंले लगाएको पृष्ठभूिममा यो परियोजना पारित गराउन सभामुखको भूमिका कत्तिको महत्वपूर्ण छ भन्ने प्रष्टिन्छ नै। यसले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने पार्टीको औपचारिक निर्णय हुनु अगाडि प्रधानमन्त्री ओलीले उनी र दाहालसँग एमसिसी पारित गर्ने विषयमा वचन नलिएका हुन् भने एमसिसी अघि बढाउन सरकारले संसदमा अप्ठ्यारो अवस्थाको सामना गर्नुपर्ने प्रष्टै देखिन्छ। 

सापकोटाको दावी अनुसार उनी सभामुखको उम्मेदवार बन्नु अगाडि प्रधानमन्त्री ओलीलाई कुनै वचन दिएका छैनन्। बिबिसी नेपालीसँगको कुराकानीमा उनले एमसिसीबारे पार्टीको सचिवालयले जे निर्णय गर्छ त्यही हुने प्रष्ट बनाउँदै यो विषय प्रधानमन्त्री र आफू बीचको विषय मात्र नभएर पार्टीको आधिकारिक निर्णयको विषय भएको सन्देश दिइसकेका छन्। यदि सापकोटाको भनाइ सत्य हो भने एमसिसी पारित गर्ने बाटो अप्ठ्यारो देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘यो समीकरण निकै लामो कसरतको  पृष्ठभूमिबाट बनेको हो,’ नाम उल्लेख गर्न नचाहने नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘यो त्यति सजिलै भत्किँदैन। एमसिसीको सवालमा पनि यही समीकरण हावी हुन्छ।’

पक्षमा देखिँदैन सचिवालय
सापकोटाले एमसिसीको सवालमा पार्टीको सचिवालय बैठकको निर्णय नै सदर हुने संकेत गरेका छन्। तर सचिवालय यो विषयमा एक मत देखिएको छैन। पार्टीमा एमसिसीको बहसको प्रवेश दाहालले नै गराएका थिए।

गत मंसिर २९ मा सुरु भई सात दिनसम्म चलेको नेकपा स्थायी समिति बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा एमसिसीबारे उल्लेख गरेका थिए। त्यहीबाट एमसिसीमा नेकपा भित्रको ध्रुवीकरण सार्वजनिक भयो। स्थायी समिति बैठकले यो विषयलाई टुंग्याउन नसकेपछि निर्णय गर्ने अधिकार सचिवालयलाई हस्तान्तरण गरेको थियो। 

सचिवालयबाट एमसिसी अनुमोदन गराउन ओली पक्षलाई सहज देखिँदैन। ९ सदस्यीय सचिवालयमा बहुमत सदस्य एमसिसी अहिलेकै स्वरुपमा अनुमोदन गर्न नहेने पक्षमा छन्। सचिवालयमा महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेल मात्रै ओलीको पक्षमा देखिएका छन्। दाहालको पक्षमा झलनाथ खनाल र माधव नेपाल छन्। वामदेव गौतम, रामबहादुर थापा र नारायणकाजी मौन छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पुस २३ मा गौतम निवास भैंसेपाटी भएको भेलामा दाहालसँगै पूर्वएमाले पक्षकै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए। यसले अहिले तटस्थ रहेकाहरु भोलिका दिनमा ओली र दाहालबीच ध्रुवीकरण बढे दाहालको पल्ला भारी हुने देखिन्छ। 

संसदको अंक गणित
प्रतिनिधिसभामा नेकपाभित्र ओलीका पक्षमा ५४ सांसद छन्। त्यस्तै प्रचण्डका ४५, माधवकुमार नेपालका ३८ र वामदेव गौतम पक्षमा ९ सांसद। १८ तटस्थ देखिन्छन्। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस एमसिसी अनुमोदनको पक्षमा छ। प्रतिनिधि सभामा उसका ६३ सांसद छन्। यदि नेकपाभित्र विवाद चर्किए प्रमुख प्रतिपक्षको साथ पाएर पनि एमसिसी पारित गराउन बहुमत सरकारसँग पुग्दैन। 
 

प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
पूर्वाधार मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट दुवै पक्षले बहुआयामिक द्विपक्षीय सहकार्यलाई थप अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब शुक्रबार, कात्तिक २७, २०८३
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै शुक्रबार, कात्तिक २७, २०८३
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्