काठमाडौं- नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आरटिजिएसमा विकास बैंकहरु पनि जोडिएका छन्। यस प्रणालीमा क्लियरिङ हाउसले मुक्तिनाथ विकास बैंक, ज्योती विकास बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकहरुसँग सम्झौता गरेको छ।
उक्त सम्झौतापछि बैंकहरुले यस प्रणालीमार्फत कारोबार गर्न तथा आफ्नो कोर बैंकिङ प्रणालीमा जोडिन सक्नेछन्। यस प्रणालीमा वाणिज्य बैंकहरु जोडिइसकेका छन्।
आरटिजिएस प्रणालीमा ठुलो मूल्यका र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तीय संस्थाहरुबीच गरिन्छ। यस प्रणालीलाई तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्स्यौटसम्बन्धी जोखिम न्युनीकरण गर्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ। नेपालमा आरटिजिएस प्रणाली नेपाल राष्ट्र बैंकले लागू गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।