काठमाडौं- टाटा मोटर्स् नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले दशैं बम्पर लक्की ड्रको उपहार विजेता घोषणा गरेको छ। सोमबार सिप्रदीले दशैं तिहार लक्षित गरेर ग्राहकहरुका लागि विभिन्न आकर्षक पुरस्कार विजेताको नामावली सार्वजनिक गरेको हो।
माघ ३ गते देशैभरबाट कुल १७ सय ३२ जना ग्राहकहरुले उक्त लक्की ड्रमा सहभागिता जनाएका थिए। जसमध्ये ७६ जना ग्राहकहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर पाएका छन्।
कुल विजेतामध्ये १३ जना ग्राहकहरुले एलजीको ३ सय १० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एलजीको ८ केजी क्षमताको वासिङ मेसिन, १३ जनाले सामसुङको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ इन्च फोर के इन्टरनेट टिभी र ७ जोडीले क्रुजमा घुम्ने अवसर पाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।