काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष युवराज सुवेदीले पदबाट राजीनामा दिएका छन्। अध्यक्ष सुवेदीले सोमबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा बुझाएका हुन।
सुवेदी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा सिफारिस भएपछि समितिको अध्यक्षबाट राजीनामा दिएका हुन्। गत वर्ष असोज ५ गते व्यवस्थापन समितिको जिम्मेवारी पाएका सुवेदी २ वर्षका लागि नियुक्त भएका थिए। तर व्यवस्थापन समितिको कार्यकाल अझै ९ महिना बाँकी छँदै सुवेदी आयोग अध्यक्षमा सिफारिसमा भएका हुन्।
हाल एक दर्जन बढी सहकारी संस्थाहरु समस्याग्रस्त अवस्थामा छन। तीमध्ये सबैभन्दा बढी दायित्व भएको ओरेन्टल कोअपरेटिभको काम सुवेदीको नेतृत्वमा भए पनि बाँकी सहकारी संस्थाको व्यवस्थापनका लागि भने उनले आफ्नो प्रगति देखाउन सकेका थिएनन। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अरु सदस्यको पनि यही माघमा कार्यकाल सकिँदैछ। सरकारी समितिका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीले गतवर्ष साउनमा राजीनामा दिए पनि अरु सदस्यहरुले भने दिएका थिएनन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।