काठमाडौं- एक महिनाको अवधिमा १ सय ९३ अंकले सुधार भएको शेयर बजारमा सोमबार २६.५४ अंकले करेक्सन भएको छ।
लगातार बजार सुधार हुँदा झन्डै १९ महिना पछिडि फर्किएको सेयर बजार सोमबार भने घटेको हो।
सूचकमा गिरावट आए पनि कारोबार रकम भने एक अर्ब ९७ करोड रुपैयाँको भएको छ।
आइतबार नेप्से सूचक ३३ अंकले सुधार हुँदा कारोबार रकम दुई अर्ब १६ करोड रुपैयाँ नाघेको छ।
सूचकलाई कारोबार रकमले साथ दिएको भन्दै लगानीकर्ता पोर्टफोलियो परिवर्तन गर्दै शेयर खरिद बिक्री गरिरहेका छन्।
दोस्रो बजारमा खासै नयाँ लगानीकर्ता प्रवेश नगरे पनि पुरानै लगानीकर्ताहरुले शेयर खरिद गरिरहेका छन्।
नाफाको लोभमा आफ्नो क्षमता भन्दा धेरै शेयर उठाइरहेका लगानीकर्ताहरुले घट्न थाले सँगै बेच्न थालेका हुन्।
बजारमा खासै नयाँ लगानीकर्ता प्रवेश नगर्दा नाफा बुक गर्नेको स्प्लाई धान्न सक्ने अवस्था नभएको एक ब्रोकरले बताए। बजारमा थोरै मात्रै करेक्सन देखियो भने पनि आत्तीएर शेयर बेच्न खोज्दा घट्न थालेको हो।
बजार एकोहोरो बढ्दा धेरै घातक हुने बजार विश्लेषक दिलिप मुनाकर्मीको विश्लेषण छ। उनले भने 'बजारमा तिव्र गतिमा बढ्दै गर्दा तिव्र गतिले घट्न पनि थाल्छ। यसले गर्दा बजारमा धेरै जोखिम देखा पैदा हुन्छ।'
लगानीकर्ताहरुले सम्पुर्ण कम्पनीहरुमा नाफा बुक गर्न खोज्दा सम्पुर्ण सूचक तथा उपसूचक ओरालो झरेका छन्।
सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २० करोड रुपैयाँको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।