• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रहरीकै मिलेमतोमा रुपन्देहीमा मौैलायो प्याज तस्करी

64x64
नेपाल लाइभ सोमबार, माघ ६, २०७६  १५:२५
1140x725

भैरहवा- रुपन्देहीमा प्रहरीकै मिलेमतोमा प्याज तस्करी मौलाएको छ। ०७६ असोजयता भैरहवा भन्सार कार्यालयबाट प्याज आयात नभए पनि तस्करहरुले दिनहँु बोराका बोरा प्याज भारतबाट विभिन्न सीमा नाका हँुदै नेपाल भित्राईरहेका छन्। 
तस्करहरुले एउटै साइकल तथा मोटरसाइकलमा ३÷४ वटा बोरासम्म प्याज ल्याउने गरेका छन्। 

भारतबाट अबैध रुपमा बच्चादेखि युवासम्म, महिलादेखि वृद्धसम्मले दैनिक रुपमा  प्याज ओसार्ने गरेका छन्। दिनहुँ खुलेआम प्याज तस्करी हुँदासमेत सरोकारवाला निकाय मौन छन् ।

रुपन्देहीका सबैजसो नाकाबाट प्याज तस्करी हुने गरेको छ । प्रहरीको मिलेमतोमा तस्करहरुले भारतीय बजार सुनौली, नौतनवालगायतका स्थानबाट प्याज तस्करी गरेर नेपाल भित्र्याउने गरेका छन् । यसरी चोरीपैठारी गरेर प्याज भित्र्याउने तस्करसँग जिल्ला प्रहरी कार्यालयका घुमुवाहरुले मासिक असुल्ने गर्ने गरेको पाईएको छ । तस्करहरुले प्रहरी प्रमुख एसपी हेमकुमार थापासँगको मिलेमतोमा प्याज तस्करी गर्ने गरेको बताएका छन्। 
‘हामीले एकजना बराबर दिनको एक हजार रुपैयाँसम्म प्रहरीका घुमुवालाई बुझाउँछौं। कोहीले ५ सय पनि दिने गरेका छन्’, तस्करी गरी प्याज ल्याउँदै गरेका एक व्यक्तिले भने। 

रुपन्देहीको सेमलपानी नाकाबाट विना भन्सार प्याज भित्राउँदै गरेका अस्लिम मुसलमानले प्रहरीलाई पैसा दिएर आफूुहरुले प्याज नेपाल भित्राउने गरेको उल्लेख गरे ।

यो नाकाबाट मात्रै दैनिक डेढसयभन्दा बढी तस्करहरुले विना भन्सार नेपालमा प्याज भित्र्याउने गरेका छन् । डेढ सयजनाबाट प्रहरीले दैनिक यही नाकाबाट मात्रै ७५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म असुल्ने गरेको छ। स्थानीय राजेश मल्लाहले लाइन लागेर दिनहुँ खुलेआम तस्करी हुँदासमेत प्रहरी प्रशासन मौन बसेको बताए । ‘घुमुवा प्रहरीहरु पैसा बुझ्नेबेला मात्रै आउँछन् । अन्यबेला फर्केर आउँदैनन् । खुलेआम यसरी राजस्व छलेर तस्करी भईरहँदा प्रहरी असुलीमै व्यस्त रहेका कारण प्रहरी मौन छ’, उनले भने ।

अहिले, धकधई, पजरकट्टी, बेलहिया, मेउडिहवा, एयरपोर्ट, लुम्बिनी क्षेत्रका नाकाबाट प्याज तस्करी भइरहेको छ। यी ठाउँबाट प्रहरीले तस्करहरुसँग दैनिक २ लाखभन्दा बढी पैसा असुल्ने गरेको छ। यसका लागि एसपी थापाले प्रहरी जवान शंकरराज गिरीलाई खटाएको स्रोतको दाबी छ । उनैले अहिले जिल्लाको हरेक तस्करीको सेटिङ मिलाउने गरेको बुझिएको छ । दैनिक तस्करहरुसँग असुल गरी एसपी थापाकोमा रकम पु¥याउने गरेको स्रोतको दाबी छ। गिरी घुमुवाहरुमा एसपीका सबैभन्दा विश्वासपात्र मानिन्छन् ।

यसरी अवैधरुपमा तस्करी गरि नेपाल भित्र्याइएको प्याज धकधई, गल्लामण्डी लगायतका ठाउँमा बिक्री हुँदै आएको छ । कतिपयले भण्डार गरेर राखेर नक्कली कागजात बनाई काठमाडौंसम्म पठाउने गरेका छन्। खुलेयाम प्रहरीको संरक्षणमा तस्करी हुँदा दैनिक लाखौं राजस्व गुमेको छ । ‘सीमित प्रहरी अधिकृतको स्वार्थले गर्दा राज्यलाई लाखौं राजस्व गुम्नु दुःखद् हो । प्रहरीको माथिल्लो निकायको तुरुन्त ध्यान जाओस्’, भैरहवा भन्सार कार्यालयका एक अधिकृतले भने ।

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय बजारमा प्रतिकिलो ५० भारतीय रुपैयाँमा पाइने प्याज नेपाली बजारमा १२० देखि १५० सम्म पर्ने गर्दछ । मूल्यको अन्तरकै कारण प्याज तस्करी भइरहेको हो ।

अवैध रुपमा भित्रिने प्याजले राजस्व त गुमेको छ नै, मानव स्वास्थ्यमासमेत नकारात्मक प्रभाव पार्ने गरेको छ । विषादी परीक्षणविनै धमाधम तस्करीको प्याज नेपाल भित्रिँदा यो सिधै उपभोक्ताको भान्सामा पुग्छ । यसले मानव स्वास्थ्यलाई पनि दीर्घकालीन असर पार्नसक्ने चिकित्सकहरु बताउँछन् । सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी परीक्षण गरेरमात्रै आयात गर्ने नीति गत असारमै लागू गरेको हो । चेकजाँचका क्रममा आलु र प्याजमा विषादी पाइएको थियो।

प्लान्ट क्वारेन्टाईन कार्यालय बेलहियाका प्रमुख बिष्णु काफ्ले भन्सार नाकाबाट वैधानिक रुपमा असोजयता नेपालमा प्याज नआएको बताउछन्। उनले असोजयता अहिलेसम्म प्याजको परीक्षण नगरिएको बताए। अबैध रुपमा विनापरीक्षण भित्रिएको प्याजले मानव स्वास्थ्यमा समेत समस्या पार्ने गरेको छ।  

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले पनि असोजयता प्याज नभित्रिएको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले तस्करीको रुपमा प्याज नभित्रिएको दाबी गरे। उनले खुल्ला सिमानाका भएका कारण कुनै–कुनै स्थानमा सानो परिणाममा प्याज भित्रिएको भए पनि प्रहरीको संरक्षणमा तस्करी नभएको बताए । खत्रीले प्याजमात्र नभई सामानको तस्करीमा पनि कडाइ गरिएको दावी गरे। ‘भन्सार नतिरी आएको जुनसुकै सामान हामीले समातेर बुझाएका छौं, भन्सारमा बुझाइएको विवरण हेर्दा त्यो सबै पुष्टि हुन्छ,’ खत्रीले भने।

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब शुक्रबार, कात्तिक २७, २०८३
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै शुक्रबार, कात्तिक २७, २०८३
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्