काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नगरकोटका ३ होटललाई खाद्य गुणस्तरको अत्युत्तम तीन तारे स्टिकर प्रदान गरेको छ।
भिजिट नेपाल २०२० लाई प्रवर्द्धन गर्ने उदेश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु काठमाडौं र धुलिखेलले संयुक्त रुपमा होटल रेस्टुरेन्ट स्तरीकरण तथा स्टिकर वितरण कार्यक्रम गरेको थियो।
खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम निरीक्षण तथा अनुगमन गर्ने क्रममा ४६ वटा होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गरिएको हो।
स्तरीकरणका क्रममा नगरकोटस्थित मिस्टिक माउन्टेन, होटल कल्ट्री भिल्ला र क्लब हिमालयले अत्युत्तम तीन तारे हरियो स्टिकर प्राप्त गरेका छन्।
होटल हिमालयन भिल्ला र बोजिनी नगरकोट रिसोर्टले उत्तम दुई तारे हरियो स्टिकर प्राप्त गरेका हुन्।
होटल पानोरोमा इन, होटल रोयल, होटल चौतारी, होटल ग्रिन भ्यालीलगायत अन्य २१ वटा होटल तथा रेष्टुरेन्टले सन्तोषजनक अर्थात् एक तारे हरियो स्टिकर प्राप्त गरेका छन्।
होटल युनाइटेड भिजिनिङ, होटल ग्यालेक्सी भ्यु टावर, होटल सनराइज मुन भ्यु, होटल ग्रिनल्याण्डलगायत २० होटलले सामान्य स्तरको पहेँलो स्टिकर प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।