काठमाडौं- सिद्धार्थ बैंकले शनिबार नि:शुल्क क्यान्सर जाँच शिविर सम्पन्न गरेको गरेको छ। बैंकले अन्नपूर्ण मिसाः पुचः र नेपाल क्यान्सर केयर फाउन्डेसन सँगको सहकार्यमा पाठेघरको मुखको क्यान्सर जाँच परीक्षण गरेको छ।
शिविरमा ९४ जना महिलाले पाठेघर परिक्षण गरेका थिए। पाठेघर क्यान्सरको सचेतनाका साथै महिला स्वास्थ्यको सुधारमा पहल गर्न उक्त शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ।
बैंकले हाल १८० वटा शाखा, १०१ शाखा रहित बैंकिङ सेवा र २०० सय वटा एटिएम मेसिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले संस्थागत उत्तरदायित्व अन्तर्गत रहेर विभिन्न सामाजिक सेवका काम गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।