नयाँ दिल्ली (एजेन्सी)- बलिउडको रोमान्टिक फिल्म 'आशिकी २' को नयाँ सिक्वल बनाउन निर्माण टोली कस्सिएको छ। यस फिल्ममा यसअघि आलियासँग सिद्धार्थ मल्होत्राले अभिनय गर्ने कुरा आए पनि पछिल्लो रिपोर्ट अनुसार फिल्ममा आलिया र वरुण धवन अनुबन्ध भएको बताइएको छ।
खबर अनुसार, बलिउडका प्रशंसकमाझ आलिया र वरुणको फ्यान फलोइङलाई निर्माण युनिटले यही जोडीलाई 'आशिकी ३' मा फाइनल गरेको हो।
आलिया र वरुणको अन-स्क्रिन केमेस्ट्रीले दर्शकको मन जित्दै आएको छ। यो जोडीलाई प्रशंसकहरुले पछिल्लो समय 'वारिया' र 'वालिसा' नामबाट सम्बोधन गर्न थालेका छन्। दर्शकले आलिया र वरुणको रोमान्स 'स्टुडेन्ट अफ द इयर', 'हम्प्टी शर्मा की दुल्हनिया' र 'बदरीनाथ की दुल्हनिया' मा निकै रुचाएका थिए।
'आशिकी २' का निर्देशक मोहित सुरीले एक अन्तर्वार्तामा यस फिल्मको लागि गजबको कथा लिएर फर्कने बताएका थिए। फिल्मका मुख्य कलाकार टुंगो लागेसँगै निर्माणको काम अघि बढ्ने भएको छ।
'आशिकी २' मा श्रद्धा कपुर र आदित्य कपुरको रोमान्सलाई दर्शकले अत्यधिकत मन पराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।