• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सुलेमानी हत्या : अन्तर्राष्ट्रिय सम्बन्धमा कस्तो असर पर्ला?

64x64
नेपाल लाइभ शनिबार, माघ ४, २०७६  १५:१५
1140x725

कुनै बेला राजनीतिक हत्या अकल्पनीय थियो। किन अहिले सुलेमानीमाथि भएको अमेरिकी आक्रमण चिन्ताको विषय भएको छ?

इरानका सैन्य जनरल कासिम सुलोमानीको हत्याको घटना झट्ट समाचारमाध्यमको हेडलाइन बने लगत्तै सामसुम भएको छ। तर‚ यसबाट आइपर्ने दीर्घकालीन असर अन्तर्राष्ट्रिय सम्बन्धका लागि भने चिन्ताको विषय बनेको छ।

धेरैका लागि यो हत्या अनपेक्षित हो। तर‚ यो निर्णयको असर ह्वाइटहाउसलाई मात्र पर्ने छैन। बरु उदारवादी अन्तर्राष्ट्रिय सम्बन्धमा पनि प्रत्यक्ष रुपमा पर्नेछ। 

वासिङटनद्वारा समर्थन गरिएका विषयलाई पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मानिरहेका छैनन्। त्यसले पनि विश्वव्यापक रुपमा अस्थिरताको डर फैलाएको छ।

अन्तर्राष्ट्रिय सम्बन्धमा कस्ता मापदण्ड छन्?
अन्तर्राष्ट्रिय मापदण्ड कुटनीतिज्ञहरूले भन्ने गरेजस्तो अस्पष्ट रूप होस् या स्पष्ट, सबै राष्ट्रद्वारा स्वीकृत तथा कानुनसम्मत तरिकाले पारित गरिएको कानुनी पुस्तिका हो। यसले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणलाई गति दिन सहयोग पुर्‍याउँछ।

उक्त मापदण्डले मानव अधिकारको रक्षादेखि शक्ति प्रदर्शनसम्मका विषय समावेश गरेको हुन्छ। यसका साथै यी विषयहरूमा अन्तर्राष्ट्रिय मापदण्डले प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ।

मापदण्ड कानुनभन्दा फरक विषय हो। यो कानुनजस्तो बाध्यकारी हुँदैन। समय‚ परिस्थिति र संस्कृतिलाई आधार मानेर मापदण्डको खाका तयार गरिन्छ। 

उदाहरणका लागि‚ अघिल्ला शताब्दीमा युद्धलाई अपरिहार्य मानिन्थ्यो। विश्वले डरलाग्दा युद्धको सामना गरेसँगै पछिल्लो समय उक्त दृष्टिकोणमा व्यापक परिवर्तन आएको छ। अहिले धेरै देशले युद्ध चाहँदैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

अति संकटको स्थितिबाहेक जुनसुकै अवस्था आइ परे पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुल्झाउन मद्दत गरिन्छ।   

जब कुनै मुलुकले अन्तर्राष्ट्रिय मापदण्डलाई उल्लंघन गर्छ, त्यसपछि झन् मुलुकको सम्पूर्ण प्रणाली नै अनिश्चितताको बाटोमा धकेल्न थाल्छ। यस्तो निर्णयबाट मुलुक झन् हिंसातर्फ धकेलिइरहेको हुन्छ।

उदार व्यवस्थाको उदय
अन्तर्राष्ट्रिय मापदण्डको सबैभन्दा प्रभावशाली अङ्ग भनेकै उदार व्यवस्था हो। दोस्रो विश्वयुद्धपछि पश्चिमाहरूले यसलाई नै आधार मानेर अन्तर्राष्ट्रिय मापदण्डको जग बसालेका हुन्। 

यो व्यवस्थाले महत्वपूर्ण कामहरू गर्ने गरेको छ। जस्तै:

Xtrem

Xtrem

•   यसले एकतर्फी नीतिविरुद्ध एकजुट भएर लाग्न प्रोत्साहन गर्छ।
•   अधिनायकवाद तथा अतिक्रमणविरुद्ध लोकतन्त्रिक प्रणाली‚ संवाद र बोधद्वारा अधिनायकवाद तथा अतिक्रमणवादविरुद्ध लाग्न यसले प्रोत्साहन गर्छ।
•   यो व्यवस्थाले अन्तर्राष्ट्रिय द्वन्द्वका विषयलाई शान्तिपूर्ण माध्मयबाट समाधान गर्न सहयोग गर्छ।

यस्तो व्यवस्थाले सरकारी अधिकारीको हत्या (जस्तै: इरानी जनरल सुलेमानीको हत्या)लाई कहिले पनि समर्थन गर्दैन। यस्ता किसिमका हत्यालाई यसले समाधान नभएर समस्याको जडको रुपमा चित्रित गर्छ।

सुलेमानीको हत्याले अन्तर्राष्ट्रिय मापदण्डमा प्रभाव पार्छ?
सन् १९७५ मा अमेरिकाले कुनै पनि ‘राजनीतिक हत्यामा आफू संलग्न नहुने’ भन्ने नीति अघि सार्‍यो। पछि फेरि अमेरिका राजनीतिक हत्यामा मुछियो त्यसपछि सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीले उक्त विषयको कडाइका साथ छानबिन अगाडि बढायो।

त्यही बेलामा अमेरिकाले फेरि यस्ता किसिमका हत्यामा अब संलग्न नहुने बतायो। तर जटिल मुद्दाका सन्दर्भमा नाकाबन्दी‚ सहयोग कार्यक्रम बन्द गर्नेजस्ता अन्य कुनै मार्ग अपनाएर समस्याको समाधान गर्नेतर्फ अग्रसर भएर लाग्यो।

अहिलेको परिप्रेक्ष्यमा हेर्दा यस्ता किसिमका हत्यालाई सरकारकै तर्फबाट समर्थन भइरहेको पाइन्छ। 

विश्व व्यवस्थालाई सन्तुलित बनाउनका लागि चुनौती
पछिल्ला घटनाक्रमलाई केलाउँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उच्च अधिकारीहरूको हत्याका विषयमा अन्तर्राष्ट्रिय मापदण्डलाई अस्वीकार गरिरहेका छन्। शक्तिमा भएका उच्च पदस्थ व्यक्तिहरूले यसरी मापदण्डको उल्लंघन गर्दा विश्वस्तरमा सहयोगको भावनामा आँच आउने सम्भावना समेत हुन्छ। 

अन्तर्राष्ट्रिय मापदण्डको बारेमा ट्रम्पको यस्तो नकारात्मक मनोभावले केही न केही रुपमा अझ असुरक्षा पैदा गर्ने वातावरण भने निर्माण गरेको छ नै।

आफ्नै मुलुकमा ट्रम्पको शासकीय शैली र शासनसत्तामाथिको झुकावले अरु देशका तानाशाहलाई पनि बिना डर अन्तर्राष्ट्रिय मापदण्डलाई उल्लंघन गर्न बल मिलेको छ।

सुलेमानीको हत्याले उदार मापदण्डको मान्यतालाई अझ संकटमा पारेको छ।

यो हत्याले अमेरिकाको अन्तर्राष्ट्रिय नियम विपरीत कदमको पुष्टी गरेको त  छ नै, यसले गर्दा अझै पनि यस्ता घटनाहरू दोहोर्‍याइरहन झन् बल पुगेको भन्ने चिन्ता थपिएको छ।

आफ्नै अनुकूलतामा समय चलिरहेको बेलामा पनि यस्तो घटना घटाउनुले एउटा अप्रिय घटनाक्रमको विकास गरेको छ।

यसैक्रममा बीचमा विश्व व्यवस्था नै लथालिङ्ग भएका बेलामा भविष्यमा आइपर्ने समस्यालाई मध्यनजर गर्दै विश्वस्तरमै अन्तर्राष्ट्रिय प्रणालीमा स्थिरता ल्याउनका लागि पनि यस्ता किसिमका राजनीतिक हत्या रोक्नु अपरिहार्य छ।

(यो सामग्री द कन्भर्सेसनमा प्रकाशित सामग्रीको सहयोगमा प्रदीप खद्योतले तयार गरेका हुन्।)

प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने?
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू
सम्बन्धित सामग्री
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना उनले प्रधानमन्त्री कार्यालयबाट एक सूचना जारी गरेर दसैँको शुभकामना दिएका हुन् । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने? सोमबार, असोज २६, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट सोमबार, असोज २६, २०८३
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू सोमबार, असोज २६, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो सोमबार, असोज २६, २०८३
गृहमन्त्री गुरुङको पहिलो विदेश भ्रमण : गन्तव्य भारत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्