नयाँ दिल्ली (एजेन्सी) – टाइगर श्राफ अभिनीत एक्सन फिल्म ‘बागी २’ ले भारतको बक्स अफिसमा यतिबेला इतिहास रचिरहेको छ।
भारतिय फिल्महरुको इतिहासमा पहिलो दिनमै २५ करोड १० लाखको व्यापार गर्दै ‘बागी २’ले बक्स अफिसका रेकर्डहरु समेत तोडेको हो।
बाहुबली २, टाइगर जिन्दाहे, पद्यावत जस्ता ब्यपारमा अब्बल फिल्महरुलाई पछि पार्दै ‘बागी २’ले ४ दिनमा १०० करोड बढीको ब्यपार गरि सकेको छ।
फिल्मले रिलिजको पहिलो दिन २५ करोड १० लाख, दोस्रो दिन २० करोड ४० लाख, तेस्रो दिन २७ करोड ६० लाख र तेस्रो दिन १२ करोड १० लाख गरि भारतमा मात्र ८५ करोडको ब्यपार गरेको छ
त्यसै गरि भारत बाहेकका अन्य देशहरुमा भएको प्रर्दशनबाट फिल्मले ४ दिनमा २३ करोडको ब्यपार गरि सय करोड बढीको ब्यपार गरेको हो। फिल्म ‘बागी २’ पहिलो दिन सबैभन्दा धेरै कमाउने १४औं बलिउड फिल्म समेत बनेको छ।
सलमानको फिल्म ‘किक’ लाई तल धकेल्दै फिल्मले सो स्थान समेत ओगटेको हो।
सन् २०१६ मा आएको फिल्म ‘बागी’ मा श्रद्धा कपुरसँग रोमान्स गरेका टाइगरले बागी २ मा भने दिशा पटानीसँग जोडी बाँधेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।