टेलिकमको पोस्टपेड फोनमा बिलिङको समस्या

नेपाल लाइभ | २०७६ माघ २ बिहीबार | Thursday, January 16, 2020 १०:५५:०० मा प्रकाशित

काठमाडौं- नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या देखिएको छ। बिलिङ प्रणालीम समस्या देखिएपछि पोस्टपेड ग्राहकले समस्या बेहोरेका हुन्। 

टेलिकमले हरेक अंग्रेजी महिनाको १५ तारिखमा बिलिङ गर्दै आएको छ। बुधबारको बिलिङपछि खातामा पैसा भएका ग्राहकको फोन पनि काटिएको थियो। 

'हाम्रो बिलिङ प्रणाली विहान केही समय इन्टरप्ट भएकाले समस्या भएको रहेछ, केही समयमा नै समस्या समाधान हुन्छ,' टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्।