काठमाडौं- आज बस्ने तय गरिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक भोलिका लागि सारिएको छ। बैठक भोलि ३ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
आज बस्ने पार्टी एकता संयोजन समितिको बैठक अगाडि एमालेले स्थायी कमिटी बैठक बोलाएको थियो। एमाले स्थायी कमिटी बैठक स्थगित भए पनि पार्टी एकता संयोजन समितिको बैठक अपराह्न निर्धारित समय ४ बजे नै बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
आजको एकता संयोजन समितिको बैठकमा पार्टी एकताका प्राविधिक विषय मिलाउन एमाले र माओवादीले गठन गरेका दुई कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन बुझाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।