काठमाडौं– वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको अन्तिम संस्कार गरिएको छ। काठमाडौंको पशुपति आर्यघाटमा मंगलबार उनको अन्तिम संस्कार गरिएको हो।
छोरा यमन श्रेष्ठले दागबत्ती दिएसँगै यशोदाको अन्तिम बिदाइ गरिएको थियो। यशोदाको अन्त्येष्टिमा नेपाली कलाक्षेत्रमा आवद्ध कलाकर्मी, सञ्चारकर्मी तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित भएका कलाकर्मी तथा सर्वसाधारणहरुले सो क्रममा यशोदा श्रेष्ठको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए।
विगत लामो समयदेखि रेक्टल क्यान्सरबाट पीडित यशोदाको गएराति १०ः४५ बजे उपचारकाक्रममा हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।