काठमाडौं– पूर्वमन्त्री तथा माओवादी नेता अग्नि सापकोटाले भुकम्पपीडित जनतालाई राज्यले मजाक गरेको बताएका छन्। भूकम्पपीडितलाई अघिल्लो सरकारले एक लाख रुपैयाँ थप दिने आफूले सुने पनि अहिले अन्योल देखिएकोमा सापकोटाले असन्तुष्टि व्यक्त गरे।
'भुकम्पपीडितलाई थप एक लाख दिने भनेको सुनेका थियौं। सरकारका प्रवक्ताले त्यो भन्नुभएको थियो', सापकोटाले भने, 'अहिले मजाक भइरहेको छ। मुख्य सचिवले 'वेबसाइटमा आएको छ भने हो, नभए होइन' भन्नुभएको छ। यता, कमल थापाले 'एकपटक मर्नुपर्छ, निर्णय भएकै हो' भन्न खोजिरहनुभएको छ। यस्तो मजाक पनि हुन्छ?'
उनले भूकम्पपीडित सर्वसाधारणलाई अनुदान लिन गाह्रो भइरहेकाले सरल बनाउन आग्रह पनि गरे।
सापकोटाले चीनतिरको नाका नखुलेकोमा पनि असन्तुष्टि जनाए। 'चीनतिरको नाका खुल्न नसक्नु ठूलो कमजोरी भएको छ', उनले भने, 'तीन वर्षसम्म एउटा नाका खोल्न नसक्नु राष्ट्रिय लज्जाको विषय हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।