सर्लाही– सांसद र मेयरलाई धम्काएर अभियुक्त पक्राउ परेका छन्।
सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईसँग २५ लाख रुपैयाँ माग्दै धम्काएने अभियुक्त पक्राउ परेका हुन्। पच्चीस लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
प्रहरीले २६ वर्षिय प्रमोद बैठालाई पक्राउ गरेको हो।
उनले सर्लाही क्षेत्र नं. ४ (क) का प्रदेश साँसद विरेन्द्र प्रसाद सिंहलाई समेत फोन गरि फिरौती मागेका थिए। बैठाले आफू जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुह कार्यकर्ता हुँ भन्दै धम्काएर पैसा मागेका थिए।
अभियुक्त बैठा २०७४ फागुन १२ गते राती १ बजे बरहथवामा महावीर तामाङ माथी भएको गोलि प्रहार घटनामा समेत संलग्न रहेको डिएसपी राजेश थापाले बताए। पक्राउ परेका बैठक पेशेवर अपराधी भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।