नुवाकोट– नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)ले आज नुवाकोट जनपरिषद् प्रमुख विन्तोष सिलवालको रिहाइको माग गर्दै नुवाकोट बन्दको आह्वान गरेको छ। जिल्लाभर बन्दको समान्य प्रभाव परेकाे छ।
वेलकोटगढी नगरपालिकाको अमारेमा शंकास्पद वस्तु भेटिएपछि घटनास्थल प्रहरीले नियन्त्रणमा लिएको छ।
पासाङ ल्हामु राजमार्गको बीच सडकमा शंकास्पद वस्तु भेटिएपछि त्रिशुलीबाट काठमाडौँ आउने र काठमाडौँबाट त्रिशुली जाने सवारी बीचैमा रोकिएका छन्।
नेपाली सेनाको बम डिस्पोजल टोली बिदुरबाट बेलकोटका लागि प्रस्थान गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।