काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसद्मा विशेष सम्बोधन गर्ने भएका छन्। आसन्न भारत भ्रमण तथा सरकार सञ्चालनका विषयमा प्रधानमन्त्रीले संसद्मा दिउँसाे १ बजे सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री ओलीले सरकार सम्हालेपछि पहिलो विदेश भ्रमणका रुपमा आगामी चैत २३ देखि भारतको ३ दिने राजकीय भ्रमण गर्दैछन्।
प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकार सञ्चालनको अवस्था, भारत भ्रमण लगायतका विषय समेट्ने तयारी गरिएको छ।
संसद्को चालु अधिवेशनमा प्रधानमन्त्री ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।