काठमाडौं– हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको निधन भएको छ। गएराति १०ः४५ बजेको समयमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएकाे छ।
केहि वर्षअघिदेखि क्यान्सरबाट पीडित श्रेष्ठको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा निधन भएको हो।
उनका एक छोरा र एक छोरी छन् र दुबै लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।