ललितपुर- ललितपुर महानगरपालिकाले बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई चालकसहित सवारी साधन र एक सुरक्षाकर्मीको व्यवस्था गरेको छ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीलाई मोबाइल सेटसहित सो सवारीसाधन हस्तान्तरण गरे। सो अवसरमा जोशीले महानगरपालिकाले गरेको सम्मानबाट आफूले गौरव महसुस गरेको बताए।
महानगरका प्रमुख महर्जनले जोशी जस्ता व्यक्तिलाई सम्मान गर्न पाउँदा आफूलाई सौभाग्यशाली ठानेको बताए।
गाडीका लागि आवश्यक खर्चसमेत महानगरपालिकाले बेहोर्ने बताइएको छ। यही चैत १५ गते बसेको महानगरको कार्यपालिका बैठकले जोशीलाई सुरक्षाकर्मी र सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको थियो। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।