काठमाडौं- वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले वनलाई विकासको बाधक नभएर समृद्धिको आधार बनाउने बताएका छन्।
संसदीय पत्रकार समाजसँग मन्त्रालयमा अन्तरक्रिया गर्दै मन्त्री बस्नेतले विभिन्न विकास र पूर्वाधार परियोजना निर्माणमा वन तथा वातावरणले अवरोधको काम गरेकोबारे आफू जानकार रहेको बताउँदै त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।
आर्थिक विकासमा पर्यटन, ऊर्जा र वन पैदावारको प्रमुख भूमिका रहने उल्लेख गर्दै मन्त्री बस्नेतले कुल ग्रार्हस्थ उत्पादनमा अब वन मन्त्रालयको योगदान रहने दाबी गरे।
‘वन पैदावारले अहिलेसम्म अप्रत्यक्ष रुपमा कुल ग्रार्हस्थ उत्पादनमा सहयोग गर्दै आएको छ। अब देखिनेगरी आफैंले समेत योगदान गर्न सक्ने देखिन्छ’, उनले भने।
मन्त्री बस्नेतले वन क्षेत्रको बहुआयामिक प्रयोग गरिने बताउँदै एकीकृत योजनामार्फत परिणाम आउनेगरी कार्ययोजना निर्माणको काम भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।