नयाँ दिल्ली (एजेन्सी)- रानी मुखर्जीले लामो समयपछि बलिउडमा पुनरामगन गरेको फिल्म 'हिच्की' बक्स अफिसमा हिट भएको छ। चार वर्षपछि ठूलो पर्दामा फर्किएकी रानीले 'हिच्की'मार्फत आफूलाई फेरि अब्बल साबित गरेकी छन्।
बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार, फिल्मले दोस्रो सातासम्ममा ३४ करोड ५० लाख कमाएको छ। यो साता बक्स अफिसमा टाइगर श्राफ अभिनीत फिल्म 'बागी २' रिलिज भए पनि 'हिच्की'ले सानदार व्यापार गरिरहेको छ।
सञ्चार माध्यममा आएका समाचार अनुसार, यो फिल्मलाई पहिला धेरै निर्माताले लत्याएका थिए। 'टोरेट सिन्ड्रोम'मा आधारित 'हिच्की' बनाउने निर्देशक सिद्धार्थ पी मल्होत्राले यो फिल्मका लागि कैयौं निर्मातासँग सम्पर्क गरे। तर, कथा सुनाउँदा तीमध्ये धेरैले लगानी गर्न ठाडै अस्वीकार गरेका थिए।
निर्देशक मल्होत्राले एक अन्तर्वार्तामा भनेका छन्, 'मैले फिल्म क्षेत्रका कैयौं भेट गरेँ, ती सबैले मलाई टोरेट सिन्ड्रोमबाट पीडित एक शिक्षिकाको विषयमा फिल्म नबनाउने बताए। उनीहरुले मलाई मूर्ख भन्दै यो व्यावसायिक फिल्म नभएको बताए। केही व्यक्तिले भने फिल्मको कथा सुने, केहीले म पटकथादेखि भड्किएको समेत बताए।'
अहिले भने निर्देशक मल्होत्रा फिल्मको सफलतामा खुसी मनाइरहेका छन्। उनी भन्छन्, 'फिल्मको पटकथा अस्वीकार गर्ने कसैप्रति पनि मेरो गुनासो छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।