ललितपुर– संगीतको विभिन्न विधामा प्रशिक्षण दिँदै आएको अलग आर्ट हबले वार्षिकोत्सव मनाएको छ। संगीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यमा अलग आर्ट हबका विद्यार्थीले लगातार तीन घन्टा सांगीतिक प्रस्तुति दिए।
कार्यक्रममा ‘अलग आर्ट हब इमान्दार तथा जेहेन्दार छात्रा २०७४’ बाट कविना नापित र छात्रतर्फ प्रेम सुस्लिङ मगर विभूषित भए। त्यसैगरी अलग आर्ट हबकै विद्यार्थीद्वय खोटाङ आइडलका उपविजेता रोहित चाम्लिङ र सोलुखुम्बु गायन स्टार–२ का उपविजेता विनोद राईलाई पनि सम्मान गरियो।
प्रमुख अतिथि संगीतकार अधिकारीले अलग आर्ट हबको सांगीतिक गतिविधिको प्रशंसा गर्दै अध्यक्ष मण्डल साम्पाङको टिमलाई धन्यवाद दिए।
कार्यक्रममा अधिकारीसहित गायिका दिपा लामा, गायक रेवत राई, सुरज तामाङ र कर्ण लामाले पनि सांगीतिक प्रस्तुति दिँदा वाद्यवादनमा राजकुमार समाल, अब्राहम सम, यमकुमार समाल र मण्डल साम्पाङले साथ दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।