काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक करिब ३ मिनेट बसेर सकिएको छ। संसदका पूर्वसदस्य एवं कांग्रेस नेता खुमबहादुर खड्काको निधनमा सर्वसम्मत शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो।
खड्काको ६७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो। 'उहाँको निधन भएकोमा संसदले गहिरो शोक प्रकट गर्दछ', शोक प्रस्तावमा भनिएको छ।
राष्ट्रियसभाको बैठकले कांग्रेस नेता खड्काको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ। बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको दुवै सदनका अलगअलग बैठकले प्रस्ताव पारित गरेको हो।
प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे र राष्ट्रियसभाको अपराह्न ४ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।