ओखलढुंगा– महिलासँग शिक्षकको अश्लिल भिडियो खिचेर पैसा मागेको आरोपमा ७ जना पक्राउ परेका छन्।
गत विहिबार सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहताको भिडियो खिचिएको थियो। भिडियो सार्वजनिक गर्ने भन्दै धम्काएर पैसा मागेको आरोपमा प्रहरीले ७ युवकलाई पक्राउ गरेको हो। उनीहरुले शिक्षकले जंगलमा महिलासँग शारिरीक सम्बन्ध राखेको भिडियो खिचेका थिए।
भिडियो सार्वजनिक गर्ने भन्दै १ लाख माग्ने उदयपुर जिल्ला कटारी नगरपालिका १० बस्ने करण मगर, ज्ञानबहादुर आलेमगर, अनिल तामाङ, कमल मगर, पावल विक, ओखलढुंगाको मोलुङ गाउँपालिका ८ का राजकुमार राई र ओखलढुंगाको लिखु गाउँपालिका ५ का कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको हो।
घटनापछि शिक्षक महतो मोटरसाइकलमा भाग्न लागेका थिए। उनको मोटरसाइकल समेत नियन्त्रणमा लिएर पैसा मागेका थिए। महतोले एक प्रहरीलाई बोलाएर भिडियो डिलिट गर्न लगाएका थिए। पक्राउ परेकाहरु सातै जना मजदुर हुन्।
पक्राउ परेका युवकहरुलाई केही सार्वजनिक अपराध मुद्दामा कारबाही गरिने ओखलढुङगाका डिएसपी अनन्तराज शर्माले बताए। शिक्षक महतोको अश्लील कार्यको पनि छानबिन हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।