काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहिदपत्नी पार्वती गुरुङको स्वास्थ्य उपचारमा पार्टीले आवश्यक सहयोग गर्ने बताएका छन्।
मिर्गौला र श्वासप्रश्वासको समस्याबाट ग्रस्त भई एक सातादेखि उपचाररत गुरुङलाई भेट्न अध्यक्ष दाहाल आइतबार दिउँसो नर्भिक अस्पताल पुगेका थिए।
सो क्रममा दाहालले चिकित्सकसँग गुरुङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। अध्यक्ष दाहालले पार्वतीका छोरा सुरेन्द्रलाई भेटेर आमाको स्वास्थ्य उपचारमा कुनै समस्या परे पार्टीलाई जानकारी गराउन आग्रह गरेका थिए।
चितवन शारदानगर निवासी गुरुङका पति डम्बर गुरुङले द्वन्द्वकालमा २०५९ कात्तिक २५ गते चितवनको चण्डीभञ्ज्याङमा ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।