काठमाडौं– ऐतिहासिक कथावस्तुमा आधारित नेपाली फिल्म ‘नालापानी’ यतिबेला राजधानीका विभिन्न स्थानमा छायांकन भइरहेको छ। गत शुक्रबार नारायणहिटी दरबार संग्रहालयको उत्तरमा रहेको नेपाल आर्मी गोरख गणको मैदानमा फिल्मका केही दृष्यको छायांकन भयो।
शुक्रबारको छायांकनमा नेपालीसँग युद्द लड्न अंग्रेज फौज आउँदै गरेका दृश्य कैद गरिएको थियो। नेपाल आर्मीबाट प्राप्त झन्डै ५० वटा घोडा र करिब ३ सय हातियारसहितका फौज मैदानमा उतारिएको थियो।
यही फौज र हातहतियारलाई पूर्ण फिल्ममा भने भिएफएक्सको माध्यमबाट हजारौंको संख्या देखाइने फिल्मका निर्देशक रिमेश अधिकारीले बताए। छायांकनका क्रममा फिल्मका सम्पादक र भिएफएक्स टिम पनि सँगै थियो।
फिल्मका निर्माता मनोज शाक्यले नेपालीको विर गाथासँग जोडिएको चलचित्रलाई नेपाल आर्मीले साथ दिएकोमा खुशी व्यक्त गरे।
हाल भारतको देहरादुनमा रहेको नालापानीमा सन् १८१४ मा ब्रिटिस साम्राज्यविरुद्ध नेपालले लडेको युद्धकथामा आधारित रहेर निमार्ण भइरहेको फिल्म छायांकनका लागि केही समयपछि नेपाल अंग्रेज युद्धस्थल उपरदाङगढीसम्म पुग्ने निमार्ण युनिटले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।