मोरङ– अवैध सुनसहित विराटनगर विमानस्थलमा एक भारतीय पक्राउ परेका छन्।
श्री एयरलाईन्सको उडानद्धारा काठमाडौँ जान लागेका भारत कलकत्ता घर भएका ४० बर्षीय नारायण सामन्तोलाई प्रहरीले मोति मालाको दाना आकारको ३ सय ९४ थान र पालतो सानो पाता १ थानको सुन सहित पक्राउ गरेको हो।
बिराटनगर बिमानस्थलमा खटिएको प्रहरीले शनिबार उनलाई चेक गर्र्दा उनको झोलाबाट उक्त सुन बरामद भएको हो। पक्राउ परेका भारतीयलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।