काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनीले बैशाख ५ गतेबाट शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। इन्स्योरेन्सले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३० लाख १९ हजार ८ सय ८६ दशमलब १० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।
उक्त १ बराबर १ कित्ता अनुपातको हकप्रद सेयरमा चैत २२ गतेसम्म कायम सेयरधनीले जेठ ८ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ।
कसरी दिने आवेदन?
लगानीकर्ताले हकप्रद सेयरमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका लालदरबार(काठमाडौं), लगनखेल(ललितपुर) तथा चिप्लेढुंगा(पोखरा) शखाबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौं तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ। यसैगरी, आस्वाबाट पनि हकप्रदका लागि आवेदन दिन सकिनेछ।
हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी दोब्बर बढेर ६० करोड ३९ लाख ७७ हजार रुपैयाँ पुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।