• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

६ वर्षपछि पाकिस्तानमा मलाला, शान्तिकामी पाइलाको किन भयो विरोध ?

64x64
नेपाल लाइभ आइतबार, चैत १८, २०७४  ००:५५
1140x725

कराँची (एजेन्सी)– नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई यतिबेला आफ्नो घर पाकिस्तान फर्किएकी छन्। सन् २०१२ मा स्कुलबाट घरतर्फ जाँदै गर्दा गोली प्रहार भएपछि बेलायतमा बस्दै आएकी मलाला ६ वर्षपछि सोही स्थान पुगेकी हुन्, जहाँ उनीमाथि गोली प्रहार भएको थियो।

हाल २० वर्ष पुगेकी युशुफजाइले १४ वर्षको उमेरमा नोबेल शान्ति पुरस्कार हात पार्न सफल भएकी थिइन्। उनी नोबेल पुरस्कार पाउने दोस्रो पाकिस्तानी र सबैभन्दा कम उमेरको व्यक्ति समेत हुन्। हाल उनी  बाल अधिकारकर्मीका रुपमा सक्रिय छिन्। 

किन भएको थियो मलालामाथि आक्रमण?

मुस्लिम देश पाकिस्तानमा कट्टरपन्थी पाकिस्तानी लडाकु समूह तालिबानले बालिका शिक्षालाई रोक लगाएको छ। तर, मलालाले बालिका शिक्षाको वकालत गर्दै आएकी थिइन्। ११ वर्षको उमेरमै उनी बिबिसी उर्दू सेवाका लागि ब्लग लेख्थिन्। उनले आफ्नो जीवन र महिला शिक्षालाई सुरुदेखि नै विषय बनाइरहेकी थिइन्। 

बालिका शिक्षाको पक्षमा अभियान चलाएकै कारण मलालालाई १४ वर्षको उमेरमा तालिबान लडाकुहरुले सन् २०१२ को अक्टोबर ९ मा गोली हानेका थिए। स्कुलबाट घर फर्किंदै गरेको बेला उनलाई स्कुल बसभित्रै टाउकोमा गोली प्रहार भएको थियो। सो क्रममा उनका २ साथी समेत घाइते भएका थिए।

 

गोली लागेर गम्भीर घाइते भएकी उनको पाकिस्तानमा सामान्य शल्यक्रियापछि बेलायतको बर्मिङ्घमस्थित अस्पतालमा उपचार भएको थियो। एक साताभन्दा लामो समय सघन उपचार कक्षमा उपचार भए पनि मस्तिष्कमा रक्तश्राव नरोकिँदा उनी लामो समय अस्पताल बस्नुपरेको थियो। मलालामाथि गोली प्रहार भएको घटनाको विश्वभरबाट निन्दा भएको थियो। 

त्यसबेला कतिपयले भने तालिबानले बालबालिकामाथि आक्रमण गर्न सक्दैन सो घटना पत्याउन चाहेनन्। जब तालिबानले आफ्नो क्षेत्रमा पश्चिमी संस्कृतिलाई बढावा दिएकाले मलालामाथि गोली प्रहार गरेको आधिकारिक रुपमा बतायो, तब उनीहरुको मुख बन्द भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

घटनापछि उनको परिवार बेलायतमै बस्दै आएको छ। उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्दै बालिका शिक्षासम्बन्धी अभियानलाई जारी राख्दै आएकी छन्। उनले आफ्ना पिता जियाउद्दिनको सहयोगमा ‘मलाला फन्ड’ नामक च्यारिटी संस्थाको स्थापना गरी बालबालिकाको शिक्षामा काम गर्दै आएकी छन्। 

गोली प्रहारको घटनापछि पहिलो पटक पाकिस्तान पुगेकी मलाला बुधबार राति इस्लामावादको बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेकी थिइन्। 

गाउँमा पाइला टेक्दा

आफ्नो गाउँ स्वात घाटीलाई संसारको स्वर्गको संज्ञा दिने मलालाले करिब ६ वर्षपछि आफ्नो जन्मभूमिमा पाइला टेक्दाको अनुभूति सुनाउँदै भनिन्, ‘यो माटोमा फेरि पाइला टेक्दा म असाध्यै खुसी भएँ। म मेरो घर अर्थात् स्वर्गमा फर्किएँ। घर पुग्नेबित्तिकै जब मेरा साथी र आफन्तसँग कुराकानी गर्न थालेँ, मैले आँसु थाम्नै सकिनँ। साँच्चै त्यो निकै भावनात्मक क्षण थियो।’ 

Xtrem

Xtrem

बिबिसीका अनुसार, मलाला र उनका परिवार सवार हेलिकोप्टर उनको घर नजिकै अवतरण गरेको थियो। सो समयमा उनको घर रहेको स्वात घाटीको मिनगोरामा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो। 

उनले आफ्नो घरभन्दा केही पर रहेको एक स्कुलमा सम्बोधन समेत गरेकी थिइन्।  

करिब ४ दिनका लागि जन्मभूमि फर्किएकी मलालासँग उनका परिवार र उनको च्यारिटी संस्थाका सदस्यहरु पनि रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। सुरक्षा संवेदनशीलताका कारण मलालाको पाकिस्तान भ्रमणसम्बन्धी कार्यक्रमहरु भने गोप्य राखिएको छ। 

मलालाले हाल अक्सफोर्ड विश्वविद्यालयमा राजनीति, दर्शन र अर्थशास्त्र विषय पढिरहेकी छन्। स्नातकोत्तरसम्मको अध्ययन सकेपछि उनी पाकिस्तान फर्किने र यहाँका महिला र बालबालिकाको अधिकारमा काम गर्ने उद्देश्य रहेको बताउँदै आएकी छन्। उनले पाकिस्तानको प्रधानमन्त्री बन्ने समेत इच्छा राखेकी छन्। 

मलालाले पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अब्बासीसँग भेट गरेकी छन्। पाकिस्तानका तर्फबाट उनलाई अब्बासीले सम्मान समेत गरेका थिए। सो क्रममा मलालाले प्रधानमन्त्रीलाई पाकिस्तानमा बालबालिकाको अवस्थाबारे गम्भीर बन्न आग्रह गरेकी थिइन्। 

अहिले पनि पाकिस्तानका ग्रामीण भेगमा महिला तथा बालबालिकालाई विभेद गरिन्छ। बालबालिकाहरुलाई पढाइ पूरा गर्नु अगावै विद्यालयबाट छुटाइन्छ। महिलाहरुलाई घरभित्रकै काममा सीमित गरिन्छ। बाह्य कामहरुमा भने पुरुषको एकाधिकार कायम छ। बुर्कामा रहने महिलाहरुले वास्तवमा अध्याँरोमै आफ्नो जिन्दगी कटाइरहेको भान हुन्छ।  

पाकिस्तानमा मलाला फर्किँदा कसरी हेरियो?

मलालाको घर फिर्तीबारे पाकिस्तानमा मिश्रित प्रतिक्रियाहरु आएका छन्। अधिकांशले मलालाको पक्षमा आफ्नो धारणा सार्वजनिक गरे पनि केहीले भने उनले गरेको काम राष्ट्रको गरिमालाई घटाउने खालको भएको टिप्पणी गरेका छन्। 

सामाजिक सञ्जालहरुमा समेत उनको चर्को आलोचना गरिएको छ।  विशेषगरी पश्चिमा संस्कृतिलाई बढावा दिएको भन्दै उनको आलोचना गरिएको हो। 

उनी पाकिस्तान फर्किएको दिन केही निजी विद्यालयहरुले शुक्रबारलाई ‘मलालाको दिन’ नभएको संज्ञा दिएका थिए। ती विद्यालयका प्रवक्ताले आफूहरु मलालाको इस्लामिक तथा पाकिस्तान विरोधी विचारको विपक्षमा रहेको बताए। तर, यो आलोचनाबाट भने मलाला आश्चर्यमा परेकी छन्। 

‘मैले केही बुझ्न सकिरहेकी छैन, किन उनीहरु मेरो विरुद्धमा छन्? उनीहरुले किन मलाई बहिस्कार गरे भन्नेबारेमा पनि म अनभिज्ञ छु’, बिबिसीसँग कुराकानी गर्दै मलालाले भनिन्, ‘सायद उनीहरुलाई लाग्दो हो, उसले हाम्रो टिप्पणी हेर्छे। तर, म कहिल्यै यस्ता टिप्पणीको पछि लाग्दिनँ।’

उनले आफू पाकिस्तानी भएको र पाकिस्तानलाई माया गर्ने भन्दै थपिन्, ' मैले मेरो भविष्य यही देशमा देखेको छु।’ 

मलालाको प्रसिद्धि

मार्टिन लुथर किङ जुनियर, नेल्सन मन्डेला तथा मुहम्मद अली जिन्हाबाट प्रभावित मलाला पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोबाट सत्यका लागि लड्न प्रेरणा पाएको बताउँछिन्। सानै उमेरदेखि जुन अभियानमा उनी लागिपरिन्, हालसम्म त्यही अभियानलाई निरन्तरता दिँदै प्रसिद्धिको शिखर चढिरहेकी छन्। 

उनको हत्या प्रयासपछि विश्वभरका सञ्चार माध्यमले सो कार्यको निन्दा गर्दै समाचार प्रकाशन/प्रसारण गरेका थिए। घटनाको भोलिपल्टै पाकिस्तानमा २० लाखभन्दा बढी पाकिस्तानीले शिक्षा पाउने अधिकारको सुनिश्चितताको माग गर्दै हस्ताक्षर गरेका थिए। 

पाकिस्तानका प्रधानमन्त्रीदेखि विश्वका अधिकांश राष्ट्रप्रमुख तथा नेताहरुले सो घटनाको भर्त्सना गरेका थिए। १५ अक्टोबर २०१२ मा विश्वव्यापी शिक्षाका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि तथा तत्कालीन ब्रिटिस प्रधानमन्त्री गोर्डन ब्राउनले मलालालाई अस्पतालमै गएर भेटेका थिए। सन् २०१३ को अक्टोबर ११ मा उनीसँग अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो परिवारसहित भेटे। 

त्यसअघि सन् २०१३ को जुलाई १२ मा आफ्नो १६औं जन्मदिनको अवसरमा उनले राष्ट्र संघको विशेष सभामा विशेष सम्बोधन गर्ने अवसर पाइन्। सो क्रममा उनले विश्वभर शिक्षाको पहुँचबारे मन्तव्य दिएकी थिइन्।

राष्ट्र संघले उनले सम्बोधन गरेको दिनलाई ‘मलाला डे’ को रुपमा संग्रहित गरेको थियो। विश्वभरका ५ सयभन्दा बढी शैक्षिक अधिकारवादीहरुको बीचमा सो समयकै सबैभन्दा कम उमेरको वक्ताका रुपमा उनको राष्ट्र संघको त्यो विशेष समारोहमा प्रवचन दिएकी थिइन्।

बालबालिका शिक्षाका क्षेत्रमा उनको संघर्षको सम्मानस्वरुप मलाला र भारतीय बाल अधिकार अभियन्ता कैलाश सत्यार्थीलाई संयुक्त रुपमा सन् २०१४ को नोबेल शान्ति पुरस्कार दिने घोषणा गरियो। उनी नोबेल पुरस्कार पाउने दोस्रो पाकिस्तानी थिइन्। यसअघि सन् १९७९ मा भौतिक विज्ञानका खोजकर्ता अब्दुस सलामले सो पुरस्कार पाएका थिए। 

उनले सन् २०१४ मा ३० वर्षमुनिका युवा सम्मिलित फोर्ब्सको सम्मेलनमा आफू नारीवादी नरहेको बताएकी थिइन्। तर, सन् २०१५ मा राष्ट्र संघले सुरु गरेको ‘ही फर सी’ अभियानमा इमा वाट्सनको मन्तव्य सुनेपछि भने उनले आफूलाई नारीवादीको घेराभित्र राखेकी थिइन्। 

२०१५ को जुलाई १२ मा आफ्नो गैरनाफामूलक कोष ‘मलाला फन्ड’ को सहयोगमा उनले लेवनानको बेकामा शरणार्थीहरुका लागि एक विद्यालय खोलिन्। आफ्नो १८औं जन्मदिन पारेर सुरु गरेको सो विद्यालयमा १४ देखि १८ वर्ष उमेरसमूहका युवतीलाई शिक्षा र तालिमको व्यवस्था गरिएको थियो। त्यसपछि उनले विश्वका प्रमुख नेताहरुसँग आग्रह गरिन्– 'लगानी किताबमा गर्नुस्, बन्दुकमा होइन।'

उनले सन् २०१४ मा आफू पाकिस्तानमै गएर बालबालिकाको क्षेत्रमा गएर काम गर्ने प्रतिज्ञा गरिन्। सोही समयमा उनले भविष्यमा आफू पाकिस्तानको प्रधानमन्त्री भएर काम गर्ने समेत इच्छा जाहेर गरिन्। 

सन् २०११ मा अन्तर्राष्ट्रिय बालबालिका शान्ति पुरस्कारका लागि मनोनयनमा परेदेखि उनले पुरस्कार र सम्मानका लागि पछाडि फर्केर हेर्नुपरेन। नोबेल पुरस्कार, ग्रामी अवार्ड, मदर टेरेसा अवार्ड, युरोपियन संसदले प्रदान गर्ने ‘सखारोब प्राइज फर फ्रिडम अफ थट’, प्राइड अफ ब्रिटेन, शान्तिका लागि संयुक्त राष्ट्र संघको दूत लगायतका विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी छन्। शान्तिका लागि राष्ट्र संघको दूत बन्ने उनी हालसम्मकै कम उमेरकी व्यक्ति हुन्। उनी विभिन्न समयमा वर्षका शक्तिशाली व्यक्तिहरुको सूचीमा समेत पर्दै आएकी छन्। 

उनको संस्मरणात्मक पुस्तक ‘आई एम मलाला' (२०१६) सर्वाधिक बिक्रीको सूचीमा पनि परेको थियो। विश्वका विभिन्न भाषामा प्रकाशित सो पुस्तक मार्फत धेरै पाठकले उनको संघर्ष र अभियानबारे नजिकबाट बुझ्न पाएका थिए। 

जुन घटनाले मलालालाई विश्वभर चर्चित बनायो, आज त्यही घटना भएको स्थानमा उनी फर्किएकी छन्। तर, उनको चुलिएको प्रशंसाले बढेको पाकिस्तानको नकारात्मक ख्याति, शैक्षिक अभियानले बढावा दिएको पश्चिमा संस्कृति, अन्य निर्दोष पीडितहरुको दुर्दशालाई उपेक्षा गर्ने तर उनको प्रशंसा गर्न कत्ति पनि नहिचकिचाउने पश्चिमा राष्ट्रहरुको कदमप्रति असन्तुष्टि राख्ने पाकिस्तानी नागरिकहरुको भावनामा ६ वर्षपछि उनको पाकिस्तानमा ओर्लिएको पाइला र उनले बोलेका शब्दहरुले कस्तो प्रभाव पार्नेछ, समयले देखाउला।

- एजेन्सीको सहयोगमा

प्रकाशित मिति: आइतबार, चैत १८, २०७४  ००:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी
विजय व्यक्तिगत होइन, कांग्रेस रूपान्तरणको साझा सङ्कल्प हो : उदय शमशेर राणा
दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार : अध्यक्ष डा. शर्मा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी सोमबार, असोज २६, २०८३
विजय व्यक्तिगत होइन, कांग्रेस रूपान्तरणको साझा सङ्कल्प हो : उदय शमशेर राणा सोमबार, असोज २६, २०८३
दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार : अध्यक्ष डा. शर्मा सोमबार, असोज २६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्