भैरहवा- कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल बलदेवले मन्त्रालयहरुमा बनेको नीति नियम र कानुनहरुलाई कार्यान्वयनमा लैजानुपर्ने बताएका छन्।
रूपन्देही उद्योग व्यापार संगठनले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब सरकारको ध्यान कानुन र नीति निर्माणमा भन्दा कार्यान्वयनमा हुने बताए। आफूले सम्हालेको मन्त्रालयमा पनि धेरै राम्रो कानुन र नीति नियम बनेको बताउँदै खनालले भने, 'बिहारका मुख्यमन्त्री नीतिशकुमारले पदभार ग्रहण गरेपछि मलाई कुनै पनि नयाँ कानुनको जरुरत छैन भनेका थिए, कारण के रहेछ भने उनी सत्तामा आएपछि केही गरेनन्, भएका कानुनहरु राम्रोसँग अध्ययन गरे र काम गर्नेहरुको सूची बनाएर कार्यान्वयनमा लगे।'
मन्त्रालयमा कानुनको कुनै अभाव नरहेको भन्दै खनालले बनेका कानुनको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।