फलेवास– बिजुलीको खम्बामा चढेर काम गरिरहेको बेला करेन्ट लाग्दा पर्वतकाे जैमिनी नगरपालिकामा १ जनाको मृत्यु भएको छ।
जैमिनी नगरपालिका–४ सर्कुवामा शुक्रबार बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लाग्दा जैमनी–५ बिनामारेका २४ वर्षीय चन्द्रबहादुर थापा क्षत्रीको मृत्यु भएको हो।
घटनामा अन्य ५ जना घाइते भएको कुस्मीसेरा प्रहरी चौकीका इञ्चार्ज देवराज बानियाँले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।