याङ्गुन– म्यानमारका नवनिर्वाचित राष्ट्रपति यु विन मिन्टले शुक्रबार मन्त्रीमण्डलको पुनर्गठन गरेका छन्।
राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार यू मिन्ट स्वे तथा यू हेनरी भान थाइयो उपराष्ट्रपति रहेको २७ सदस्यीय नयाँ मन्त्रीमण्डल बनाइएको छ।
नयाँ मन्त्रीहरूमा आङ सान सुकी विदेशमन्त्री, लेफ्टिनन्ट जनरल क्वा स्वे गृहमन्त्री, लेफ्टिनन्ट जनरल सेन विन रक्षा मन्त्री रहेका छन्। ये आङलाई सीमा मामिला मन्त्री नियुक्त गरिएको छ।
प्रतिनिधि सभाका पूर्व सभामुख मिन्ट गत बुधबार राष्ट्रपतिमा निर्वाचित भएका थिए।
सन् २०१६ मा निर्वाचित म्यानमारका निवर्तमान राष्ट्रपति ७२ वर्षीय उ तिन कायले स्वास्थ्यका कारण केही दिन पहिले आफ्नो पदबाट राजीनामा दिएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।